समाचार

अब २५ / ३० हजार कमाउनकै लागि विदेश जानुपर्ने दिन गए : स्वदेशमै रोजीरोटीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छौं भन्दै प्रधानमन्त्रीले दिए खुशीको खबर

अब २५ / ३० हजार कमाउनकै लागि विदेश जानुपर्ने दिन गए : स्वदेशमै रोजीरोटीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छौं भन्दै प्रधानमन्त्रीले दिए खुशीको खबर

Posted in समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने काम भइरहेको तथा केन्द्रमा सूचीकृत बेरोजगारलाई एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्थाका लागि कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभएको छ । “न्यूनतम रोजगारी पनि प्रदान गर्न नसकिएको खण्डमा नेपाल सरकारले हरेक बेरोजगार परिवारका लागि एक जना श्रमिकलाई १०० दिन काम गर्दा प्राप्त हुने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्नसमेत कार्य प्रारम्भ भइसकेको छ”, प्रधानम
अब देशमा धनि र गरिव भन्ने नै हुँदैन भन्दै प्रधानमन्त्री ओलीले भने : ‘मजदुरका दुःखका दिन गए’

अब देशमा धनि र गरिव भन्ने नै हुँदैन भन्दै प्रधानमन्त्री ओलीले भने : ‘मजदुरका दुःखका दिन गए’

Posted in समाचार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरका दुःखका दिन गएको दाबी गरेका छन्। १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रमिकको अधिकारका लागि कुनै कसर बाँकी नराख्ने बताए। श्रमिकको अधिकार लागि ल्याइएका श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लाग्ने बताए। मजदुरलाई न्याय दिन कुनै पनि रोजगारदाताले कन्जुस्याई गर्न नहुने उनको भनाइ छ। मजदुर सर्वोपरी हुन्,’ उनले भने, ‘मजदुर प्रशन्न भएर काम गर्न पाउनुपर्छ।’ श्रमिक खुसी भएमात्रै ‘सुखी नेपाली र समृद्ध नेपाल’ अभियान सार्थक हुने उनको भनाइ छ। सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी बनाउन तथा बैंकमार्फत भुक्तानी दिने व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्रीले सबै रोजगारदातालाई आह्वान गरेका छन्। सरकार, रोजगारदातार श्रमिकको त्
विदेशबाटै लाइसेन्सको जाँच दिन पाउने व्यवस्थाको तयारी…

विदेशबाटै लाइसेन्सको जाँच दिन पाउने व्यवस्थाको तयारी…

Posted in समाचार
यातायात व्यवस्था विभागले सेवाग्राही कार्यालयमा नगई सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित परीक्षा दिने व्यवस्था मिलाउन छलफल अगाडि बढाएको छ। अनलाइन फारम भरेर स्वदेश तथा विदेशबाट पनि लिखित परीक्षा दिन पाउने र पास भएको ६ महिना भित्र आफूलाई अनुकुल पर्ने समयमा ट्रायलको मिति तथा स्थान छान्न मिल्ने गरी एउटा कोरियन कम्पनीले प्रस्ताव गरेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए। ‘हामी छलफलको प्रारम्भीक चरणमा छौं। एउटा कम्पनीको प्रस्ताव आएको छ। हामीले अध्ययन गरेर अरू प्रकृया अगाडि बढाउँछौ,’ दाहालले सेतोपाटीसग भने । यो योजना सफल भएमा सेवाग्राहीले अहिले जस्तो यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्ने उनले जानकारी दिए। ‘हामी ‘फेस लेस’ सेवामा जान खोज्दैछौ। यो योजना सफल भएमा सेवाग्राहीले टोफेल, आईईएलटीएस जस्तो तोकिएका केन्द्रमा लिखित परीक्षा दिन मिल्छ र परीक
अमेरिकन डि भि को नतिजा प्रकाशित हुदैं , यसरी हेर्नुहोस

अमेरिकन डि भि को नतिजा प्रकाशित हुदैं , यसरी हेर्नुहोस

Posted in समाचार
काठमाडौं – सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डिभी)को नतिजा  ७ मेइ अर्थात वैशाख २४ गते सार्वजनिक गरिने भएको छ । डिभी चिट्ठाको रिजल्ट २४ गते साँझमा प्रकाशित हुने भएको हो ।। सन् २०२० अमेरिका प्रवेशका लागि २०७५ असोज १७ देखि कात्तिक २० गते (२०१८ अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म) फारम खुलाइएको थियो । यसको नतिजा हेर्नका लागि Electronic Diversity Visa Lottery पेजमा हेर्न सकिने छ । https://www.dvlottery.state.gov/ESC/  नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे /नपरेको हेर्न सकिनेछ यो पनि पढ्नुस मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ । मृगौला श
भोली आमाको मुख हेर्ने दिन, यस्तो छ आमाको महिमा: आमालाई माया गर्नेहरुले १ लाइक १ शेयर गरौ !

भोली आमाको मुख हेर्ने दिन, यस्तो छ आमाको महिमा: आमालाई माया गर्नेहरुले १ लाइक १ शेयर गरौ !

Posted in समाचार
मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरी हरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । मातातिर्थ औंसीको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्य धेरैले
भारतीय सिमानामा लुटियो नेपाल प्रहरीको हतियार

भारतीय सिमानामा लुटियो नेपाल प्रहरीको हतियार

Posted in समाचार
जनकपुर : धनुषास्थित नेपाल-भारत सीमाक्षेत्रबाट नेपाल प्रहरीको हतियार लुटिएको छ । सीमासँगै रहेको मुखियापट्टी मुसहरनियामा तस्करले नेपाल प्रहरीको हतियार लुटेका हुन्।तस्करहरूको एक समूहले अवैध समान भित्र्याउने क्रममा बुधबार राति नेपाल प्रहरीसँग झडप भएको थियो। त्यसक्रममा तस्करको समूहले प्रहरीको हतियार लुटेका हुन् । तस्करको समूहले प्रहरीको पेस्तोल, त्यसमा लाग्‍ने म्यागजिन र गोलीसमेत लुटेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। नेपालबाट भारततर्फ अवैधरूपमा मदिरा निर्यात गर्ने क्रममा तस्कर र प्रहरीबीच झडप भएको थियो।पेस्तोल र गोली लुटिएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा खटिएको टोलीले खोजतलास थालेको छ। तर हालसम्म लुटेको हतियार र तस्करको समूहलाई फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।तस्करहरूले गस्तीमा
१९ वर्षदेखि साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई पठाएको चिठीमा लेख्छन्- म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’’माफ भए घर फर्कौंला, नभए हाँसीहाँसी फाँसी चढौंला’

१९ वर्षदेखि साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई पठाएको चिठीमा लेख्छन्- म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’’माफ भए घर फर्कौंला, नभए हाँसीहाँसी फाँसी चढौंला’

Posted in समाचार
१९ वर्षदेखि साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई पठाएको चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’ काठमाडौँ — सन्तबहादुर पुनलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुनेथिएँ !’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ, त्यति दिनसम्म म अनलाइन आइहाल्छु ।’ माया भने मनमा भने डर छ, सन्तबहादुर कुन दिन अफलाइन जाने हुन् ! १९ वर्षदेखि मृत्युदण्डको सजाय पर्खेर बसेका सन्तबहादुर साउदी अरबको कुरैयात जेलमा छन् । माया पर्वतको मोदी गाउँमा । झन्डै चार हजार किलोमिटर दूरीमा रहेका यी दुईला
जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको भिडियो बनाउने महिलाको खोजबिन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको भिडियो बनाउने महिलाको खोजबिन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

Posted in समाचार
जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् । नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् । यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ । ‘के आधारमा तपाईंले सबैलाई भारतीय नागरिक भन्नुभएको हो,’ वाग्लेको पोस्टमा वीरगन्जका सामाजिक अभियन्ता आशु सर्राफले लेखेका छन्, ‘गोरो छाला नभएका हरेक व्यक्तिलाई गैरनेपाली देख्ने तपाइर्ंको मानसिकतालाई उपचार आवश्यक छ । बिनाप्रमाण भ्रम फिँजाउन सरल छ तर यथार्थ बताउन गाह्रो हुन्छ । बिन्ती गर्छु मलाई प्रस्ट पारिदिनुस् कुन आधारमा तपाइर्ंले उहाँहरूलाई गैरनेपाली भन्नुभएको हो ?’ सर्र
जन्तीले युवती जिस्काएपछी : बेहुली पक्ष र जन्ती पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

जन्तीले युवती जिस्काएपछी : बेहुली पक्ष र जन्ती पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

Posted in समाचार
काठमाडाैँ, १९ बैशाख । बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ । केटी जिस्क्याएको भन्दै लम्जुङबाट पुगेको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य केन्द्रीय कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेप
वैशाख २३ गते नेपाल बन्दको आह्वान, विज्ञप्तिसहित

वैशाख २३ गते नेपाल बन्दको आह्वान, विज्ञप्तिसहित

Posted in समाचार
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य केन्द्रीय कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ । साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।’