गर्मीका कारण तिर्खाले आत्तिएपछि पर्यटकसँग पानी मागेर यसरी पियो लोखर्केले (भिडियो सहित)

अहिले गर्मीका कारण तराई लगायत राजधानी काठमाडौंका मानिसहरु छटपटिएका छन् । गर्मीबाट बच्न चिसो प्रदान गर्ने पेय पदार्थ लगायतका ड्रिङ्क को बिक्री ह्वात्तै बढेको छ ।

यो गर्मीले मानिसलाई मात्र नभई जनाबरलाई पनि उत्तिकै अप्ठ्यारो पारेको छ । यस्तै एउटा तिर्खाएको लोखर्केले आफ्नो तिर्खा मेट्न एकजना मानिसलाई पानी दिन अनुरोध गरेको छ ।

गर्मीका कारण तिर्खाले आजित भएको यो लोखर्केले पार्कमा घुम्न आएको मानिसलाई पानी दिनु न भनेको दृश्य अहिले सामाजिक सञ्जालमा निकै सेयर भैरहेको छ ।

पल क्याम्प आफ्नी केटी साथीसँग गर्मीबाट थोरै भएपनि छुटकारा पाइन्छ कि भनेर अरिजोनाको ग्राण्ड नेशनल पार्क भ्रमण गर्न गएका थिए । पार्कमा एउटा लोखर्केले पलले बोकेको पानीको बोतल हेर्दै पछ्यायो ।

लोखर्केले पानी मागेको बुझ्न पललाई समय लागेन । तसर्थ पानीको बोतल उनले आफ्नी केटी साथीलाई दिए र आफुले लोखर्केको चर्तिकला आफ्नो फोनमा कैद गर्ने बिचार गरे ।

पानीको बोतल पलको केटी साथीको हातमा पर्नासाथ लोखर्केले उनीसँग बिन्ति गर्यो पानी दिनु न ।

हेर्नुहोस् यो भिडियो :