ओलीजी अब कति गफ मात्र जोतेर बस्ने ? यी गरिबलाइ चाहिएको पानीजहाज कि पक्की पुल ? …

सलल बगेको कर्णाली नदि ,कता छौ सरकार हेर कर्णालीको पुल ! खै मैले बुझ्नै सकिन ए सरकार ए नेतागण तिम्रो जनता मार्ने खेल ! यो दृश्य कर्णालीको पलता गाउपालिकामा रहेको पारी थिर्पू जोड्ने झलूङगे पुलको हो ।

दसकौ देखी पटक पटक यो देशको बागडोर र शासन सत्ता सम्हालेको नेपाली कांग्रेशले एमाले माओबादीले सोझा जनताहरुका आसा अपेक्षालाई निरासामा परिणत गरेकै हो भन्दा फरक नपर्ला जून कर्णालीको पुलले स्पष्ट पारेको छ ।

हिजो जन युद्धको क्रममा यही पुलमा यात्रा गरेका प्रचण्ड , उनले कर्णाली बासीसंग गरेका बाचाहरु संघर्षका क्रममा साथ दिएका थिर्पू सिंगो कर्णाली बासिको आशालाई प्रधानमन्त्रि भए पश्चात् जन्मदा र मोर्दा २० किलो चामल दिने घोषणा गरेर आफ्नो दाईत्व निर्भाह गरे भनेको सून्दा धिक्कार लाग्छ ।

जनताको झिनो आशा बोकेका नेपालका तत्कालीन प्रधानमन्त्रि ज्युले गण्डकी, कोसी र कर्णाली नदीबाट पानीजहाज चलाउन सकिने सम्भावना देख्नू भएछ,सायद प्रधानमन्त्रि ज्युले कर्णालीका बासिन्दाहरु आफ्नो ज्यानै उच्च जोखिममा राखेर यस्तो पुलबाट यात्रा गरिरहेका हरिविजोग कहिले देख्नू हुन्छ होला ?