आज सुक्रबार सन्तोषी माताको यो फोटो सेयर गरे चिताएको सबै पुग्नेछ।

आज सुक्रबार सन्तोषी माताको यो फोटो सेयर गरे चिताएको सबै पुग्नेछ।

श्री सन्तोषी माताको कथा र उसको विधि !!
सन्तोषी माताका पिता गणेश माता ऋद्धि-सिद्धि; धन-धान्य, मोति-मुगा, रत्नहरुले भरिएको परिवार, गणपति पिताकी लड़ली, गणपति धौताको कमाइ, दरिद्रता दुर, कलह-क्लेशको नाश, सुख-शान्तिको प्रकाश, बालखहरुको फुलबारी, काम-धन्दामा लाभको भरिपूर्ण कमाइ, मनको कामना पूर्ण, शोक, बिपत्ति, चिन्ता सब चुर्ण, सन्तोषी माताको नाम जसबाट बनिजान्छन सबै

काम, बोल सबै मिलेर—
“सन्तोषी माताकी जय”
यो ब्रत गर्नेले कथा भन्दा वा सुन्दा हातमा सक्खर र भुटेको चना लिइराख्नु| सुन्नेले –‘सन्तोषी माताको जय’–– ‘सन्तोषी माताको जय’—यस प्रकारले जय-जयकार मुखले बोल्दै जाओस्|

कथा सकिएपछि हातमा लिएको सक्खर र चना गाईलाई खुबाओस्| कलशमा राखिएको सक्खर र चना प्रसादको रुपमा सबैलाई बाडी-दिओस्| कथा भन्नु वा सुन्नु भन्दा पहिले कलशलाई जलले भरिदिनु| त्यसको माथिबाट सक्खर र चनाले भरिएको डाली राख्नु| कथा सकिएर आरती भएपछि कलशको जल तुलसीको मठमा वा तुलसीको फेदमा सेलाएदिनु| सवा मिलेको पैसा, आना, सुका, रुपियाँको सक्खर र चना लिएर माताको ब्रत गर्नू| सवा पैसाकै भएपनि क्यै आपत्ति छैन| सक्खर घरमा भए लिलिनु, बचार नगर्नु किनकि माता भावनाकी भोकी छन्| धेरै थोरैको कुनै ख्याल राख्दिनन्| त्यसकारण जति हुन सक्छ प्रसाद अर्पण गरेर श्रद्धाप्रेमले प्रशन्न मनको भएर ब्रत गर्नूपर्छ|

ब्रतको उध्यापनमा अडाई सेर (एक धार्नी) खाजा (अर्नी), घिउमा मुछेको पिठोको पुरी, खीर, चनाको तरकारी अथवा नैबेध्य राख्नु| दियो वा खोरीमा (घिउमा भिजाएको) बत्ती बालेर सन्तोषी माताको “जय-जयकार” गर्दै नरिवल फोर्नु| त्यो दिन घरमा कसैले पनि अमिलो नखानु अनि आफुले पनि नखानु र अरुलाई पनि खान नदिनु| त्यस दिन आठोटा केटालाई (१२ वर्षसम्मका) भोजन गराउनु| देवर, जेठाजु घरका अरु परिवारका केटा मिलेसम्म अरुलाई नबोलाउनु| आफ्नु परिवार आफ्नु गोत्रका दाजुभाई-का केटा नमिले ब्राह्मणका, नातेदारका या छिमेकीका केटाहरुलाई बोलाउनु| तिनीहरुलाई अमिलो चीज अथवा अमिलो हालेको कुनै पनि चीज खान नदिनु तथा भोजन गराएपछि यथाशक्ति दक्षिणा दिनु, तर पैसा दक्षिणा नदिनु| दक्षिणामा कुनै मिठो फल दिनु| ब्रत गर्नेले कथा सुनेर अथवा कथा भनिसकेपछि प्रसाद लिनु र एक छाक मात्र भोजन गर्नू| यस्ता प्रकारले ब्रत गर्नाले माता अति प्रसन्न हुन्छिन्, दु:ख-दरिद्रता हटेर मनको इच्छा पूर्ण हुनेछ|

*सन्तोषी माताको कथा प्रारम्भ*
एक बूडी थिइन् र उनका सातोटा छोरा थिए, छ: ओटा कमाउनेवाला थिए, यौटा लठुवा थियो| बूडी आमा छबै छोरालाई भात पकाउथीन् ख्वाउँथिन र पछि केहि बच्यो भने सातौ छोरालाई दिन्थिन|परन्तु त्यो बडो सिधा-सादा थियो मनमा क्यै विचार गर्दैनथ्यो| उसले एकदिन आफ्नी स्त्रीसंग भन्यो –‘हेर, मेरी आमाको मेरो उपर कति प्रेम छ|’ स्त्रीले भनी-‘किन छैन, सबैले खाएर बचेको जूठो पूरा तिमीलाई खुवाउँछिन|’ तब उसले भन्यो- ‘भला, यस्तो पनि कहिँ हुन सक्छ? म जबसम्म आफ्नै आँखाले देख्दिनँ तब सम्म मान्न सक्दिन|’ स्त्रीले हास्दै भनी -‘देख्यौ भने तब मानौला?’

केहि दिनपछि घरमा कुनै पर्ब आयो, घरमा सात प्रकारका भोजन र मोतिचूरका लड्डु बनाइए| उसले जाँच्नका लागि कपाल दुखेको निहुँ गरेर पातलो सेतो लुगा टाउकामा ओडेर भान्छाकोठामै सुतिरह्यो| पातलो लुगाको भित्रैबाट सब कुरो हेरिरहेको थियो| सबै भाइ खान आए|उसले देख्यो कि उनीहरुका लागि राम्रा पिर्हा बिच्छाइएका छन् र सात प्रकारका खाना पस्किएका छन्|

आमा उनीहरुलाई ढिपी गरि गरि खूवाईरहेकी छन्| ऊ हेरिरहेको थियो, छबै भाइ भोजन गरेर उठे| अब बुडी आमाले उनका थालहरुबाट लड्डुका टुक्रा उठाईन् र एउटा लड्डु बनाइन| जुठोचुलो सकेर बूडीले उसलाई बोलाइन ‘उठ बाबु! छ: ओटै दाजुहरुले खाएर गए, अब त मात्र बाकीँ छस उठ्न कहिले खान्छस? तब ऊ भन्न थाल्यो- ‘आमा मलाई खानु छैन, म परदेश जादै छु| आमाले भनिन्- भोलि जाने हो भने, आजै ज!’ उसले भन्यो-‘हँ हँ, आजै जादै छु| यस्तो भनेर त्यो घरबाट निस्कियो| हिड्ने बेलामा स्वास्नीलाई सम्झियो, ऊ गोठमा गुइंठा पार्दै थिई| उहाँ गएर भन्यो-

“दोहा—म जादैछु परदेशमा फिर्नेछु कछु कालपछि| तिमीरहनू सन्तोषसंग धर्म आफ्नु राखी||
त्यो बोलि जाउ प्रिय! मेरो सोच हटाई| रामभरोसा रहुली इश्वर गरुन सहाई||

देउ निशानी आफ्नु हेरि धरु नित धीर| मेरो पिर नली दिनहुँ मन राखे गम्भीर||”
उसले भन्यो-‘म संग अरु त केहि छैन, औठी छ, सो ले र कुनै आफ्नो निशानी मलाई दे!’ उसले भनि- ‘मसंग के छ? यो गोवर भरिएको हात छ|’

तब उसले उसको पिठ्यूँमा गोबरे हातको धाप मारिदी| उ पनि हिड्यो| जाँदा जाँदा धेरै टाढाको देशमा पुग्यो| उहाँ गएर भन्न थाल्यो- ‘साहुजी! मलाई नोकरीमा राखिल्यौ| ‘ ब्यापारीलाई नोकरको जरुरत थियो भन्यो-‘बसिजा|’ उसले सोध्यो-‘तलब कति दिनुहुन्छ?’ साहुले भन्यो-‘काम हेरेर दाम मिल्छ|’ साहूको नोकरी मिल्यो| उ बिहान ७ बजे देखि राति १२ बजे सम्म नोकरीमा खट्न थाल्यो|

थोरै दिनमा नै उसले पसलको लेनदेन, हिसाब-किताब, ग्राहकहरुलाई माल बेच्नु आदि सारा काम गर्न लाग्यो| साहुका ७-७ जना नोकर थिए; ती सब अकलगुम भए| त्यो त भारि होसियार भैगयो| साहुले पनि काम देख्यो र तीन महिना मै उसलाई आधा नाफाको हिस्सेदार बनाइलियो| बाह्र बर्षमा त्यो नामी सेठ बन्यो र मालिकले उसलाई सारा कारोबार सुम्पिएर आफू अन्तै गयो|
अब त्यस लाठुवाकी स्वास्नीलाई कस्तो आपत आइलाग्यो, त्यो सुन| सासू-ससुराले उसलाई धेरै दुख दिन लागे| गृहस्थीको सारा काम गराएर उसलाई दाउरा लिन बनमा पठाउथे|

त्यो बन गएको बेलामा सासूले घरमा पिठो चालेर निस्किएको भूस अर्थात् चोकरको रोटि पकाएर उसलाई राखिदिन्थी र नरिवलको आधा खबटोमा पानी दिन्थी| यसै प्रकारले उसका दिन गुज्रन्थे|एक दिन त्यो दाउरा लिन दमारतिर गइरहेकी थिई कि बाटोमा पर्ने कसैको घरको दलानमा धेरै स्वास्नीमानिसहरु मिलेर ‘सन्तोषी माताको ब्रत पूजा’ गरिरहेको उसले देखि र उंहा उभिएर ‘सन्तोषी माताको कथा’ सुनी अनि उनीहरुलाई श्रद्धापूर्बक सोधी-‘ बहिनिहो! यो तिमीहरुले कुन किसिमको ब्रत गरेको हो? र यसलाई गर्नाले के फल मिल्छ? यो ब्रत गर्ने बिधि के हो? यदी तिमीहरुले आफ्नो ब्रतको बिधान मलाई बुझाएर भनिदिए म तिमीहरुको ठुलो उपकार मान्ने थिएँ|’ तब तिनमध्ये यौटीले भनी-‘यो सन्तोषी माताको ब्रत हो; यसलाई गर्नाले गरिबी र दरिद्रताको नाश हुन्छ र लक्ष्मी आउँछिन| मनका चिन्ताहरूको भार भाग्छ| भविष्यमा सुख मिल्ने सम्भावना तथा मनलाई प्रसन्नता र शान्ति मिल्दछ|

सन्तान नहुनेलाई सन्तान मिल्छ| स्वामी परदेश गएका भए, चाडै आइपुग्छन्| कुमारी कन्यालाई आफुले चाहे-जस्तै बर(दुलाहा) मिल्छ, कचहरीमा धेरै दिनदेखि मुद्धा चलिरहेको भए छिनिन्छ, कलह- क्लेश सारा हट्छ, सुख शान्ति प्राप्त हुन्छ, घरमा धन थुप्रिंन्, सम्पति र घर-जग्गा-जमिन मिल्छ, रोग हट्छ र अरु पनि जो मनका इच्छा छन्, त्यो सबै यस सन्तोषी माताको कृपाले सबै पुरा हुन्छ, यसमा कुनै शंका छैन|’ तब त्यस दाउरेनी ले सोधी- ‘यो ब्रत कसरि गर्ने हो? यो पनि मलाई बताइदिए बडो कृपा हुने थियो|’

तब ती पूजा गर्नेहरु मध्ये यौटीले भनी ‘सवा आना वा सवा सुका वा सवा मोहोर वा सवा रुपियाँको सक्खर र चना लिनू| कुनै कस्ट नसही श्रद्धा र प्रेमले जति हुन सक्छ जतिको हुन सक्छ, सवाको लिनू| सवा पैसा देखि सवा रुपियाँ यस भन्दा पनि ज्यादा शक्ति र भक्ति-अनुसार सवाको लिनू| प्रत्येक शुक्रबार निराहार रहेर कथाकहानी सुन्नुपर्छ| ब्रतको बिचमा क्रम नटुटाईकन लगातार नियम पालन गर्नुपर्छ| कथा सुन्नेवाला कोहि नमिले घ्युमा बालिएको बत्ती वा जल भरिएको कलश अगाडी राखेर कथा भन्नू, परन्तु नियम नटुटोस| जवसम्म आफ्नो काम सिद्ध हुँदैन तवसम्म नियम पालना गर्नू र काम सिद्ध भएपछि ब्रतको उध्यापन गर्नू| तीन महिनामा माताले फल पूरा गरिदिनुहुन्छ, यसमा यदि कसैको ग्रह खोटो भएपनि तीन बर्षमा अवस्य कार्य-सिद्ध गरिदिनुहुन्छ|

फलको सिद्धि भएपछि मात्रै उध्यापन गर्नुपर्छ, बिचमै गर्नु हुँदैन|

उध्यापनमा अदाई सेर अर्थात् एक धार्नी पिठोको खाजा(अर्नी) तथा त्यसै हिसाबले खीर(तस्मै) र त्यसै हिसाबले जति चाहिन्छ चनाको तरकारी बनाउनू| त्यो सामान बाह्र वर्ष सम्मका आठोटा केटालाई भोजन गराउनू| जहासम्म हुनसक्छ देवर, जेठाजु या आफ्ना गोत्रका दाजुभाइका छोरालाई, यी नभएमा नातेदारका या छिमेकी बाहुनका केटालाई बोलाउनू| यिनलाई ख्वाई-प्याई यथाशक्ति फल दक्षिणा दिएर माताको नियम पुरा गर्नू|

त्यस्तो अर्ति सुनेर बूडीकी छोराकी स्वास्नी हिडी| बाटोमा दाउराको भारी बेचिदी र त्यसै पैसाले सक्खर र चना लिएर माताको ब्रतको तैयारी गरी र क्यै अगाडी गएपछि सामनेमा यौटा मन्दिर देखेर सोधी- “यो अगाडिकोकसको मन्दिर हो?” सोधिएकोले भन्यो—“सन्तोषी माताको मन्दिर हो|” यस्तो सुनेर माताको मन्दिरमा गएर माताको चरणमा लुटुपुटिई| बडो नम्र भएर बिन्ती गर्न लागी—‘माता, म निष्पट्ट अज्ञानी छु|

ब्रतको नियम क्यै जान्दिनं| म असाध्यै दु:खी छु| हे माता जगत्जननी!! मेरो दु:ख हटाइदिनुस, म तपाईंको शरणमा छु|’ मातालाई दया आयो| यौटा शुक्रबार बित्नेबित्तिकै अर्को शुक्रबार त्यसका पतिको चिट्टी आयो र तेस्रो शुक्रबार उसले पठाएको रुपैयाँ पनि आईपुग्यो| यस्तो देखेर त्यसका जेठाजु-जेठानी मुख खुम्च्याउन लागे—‘यतिका दिनपछि यति पैसा आयो त यसमा केको हर्ष-बढाई?’ भतिजाहरु ताना दिनलागे –‘काकीका त अब चिठी आउन लागे, रुपैयाँ आउन लागे, अब काकीको आदर बढ्नेछ, अब काकी बोलाउदा पनि बोल्नेछैनन्|’

बिचरी नरम भएर भन्छे-‘बाबुहो ! चिठी आयो, रुपीयाँ आयो भने हामी सबैलाई बेसै छ|’ यस्तो भनेर आँखामा आँशु डबडबाएर सन्तोषी माताको मन्दिरमा आएर मातेश्वरीको चरणमा पश्रीयेरा रुन लागि—‘आमा ! तपाई संग पैसा कहिले मांगे, मलाई पैसाको के काम छ? मलाई त आफ्नो सुहाग (शौभाग्य)—सित काम छ|स्वामीको दर्शन र सेवा माग्दछु|’ तव माताले प्रसन्न भएर भन्नु भयो— ‘जा छोरी! तिम्रो स्वामी आइपुग्नेछ|’

यस्तो सुनेर खुशीले उकुसमुकुसिएर घरमा गएर काम गर्न लागि| अब सन्तोषी माताले बिचार्न लाग्नुभयो—“यस सुधी छोरीलाई भनी त दिए कि ‘तिम्रो पति आउनेछ, तर आउंछ कहाँबाट उ त यसलाई सपनामा पनि सम्झदैन| उसलाई सम्झाउनका लागि मैले जानुपर्छ|” यस्ता प्रकारले सन्तोषी माता सपनामा बुढीको छोरोभाठौ प्रकट भएर भन्न लागिन्—‘साहुको छोरो ! निदाएको छस् कि जागै छस्?’ उसले भन्यो- ‘माता’ निदाएको पनि छैन, जागा पनि छैन, बिचमै छु, भन्नुहोस आमा आज्ञा दिनुहोस्|’ माता भन्न लाग्नुभयो—‘तिम्रो घरबार क्यै छ या छैन?’ उसले भन्यो—‘मेरो सब थोक छ माता ! बा-आमा हुनुहुन्छ; भाई-बहिनी छन्, स्त्री छ, के कमि छ| माताले भन्नु भयो –‘हे भलो पुत्र! तिम्री घरवाली घोर कष्ट उठाइरहेकीछ| तिम्रा आमा-बाबु उसलाई धेरै डर-दु:ख दिइरहेका छन्| ऊ तिम्रो लागि तड्पीरहेकीछ, तँ त्यसको याद गर्|’

उसले भन्यो— हँ माताजी ! यो त मलाई पनि थाहा छ, तर कसरी जाउँ?’ परदेशको कुरो, लेन देनको कुनै हिसाब छैन| जाने कुनै बाटो देख्दिनँ, कसंरी जाउँ? माता भन्न लाग्नुभयो- ‘मेरो कुरो मान्| भोलि बिहानै न्वाही-ध्वाही सन्तोषी माताको नाम लिएर घिउको बत्ती बालेर दण्डवत् गरी पसलमा गएर बस्नू| हेर्दाहेर्दै तिम्रो लेन-देन चुक्ता भइ-जानेछ, बाँकी रहेको माल पनि बिकीजानेछ, साँझ हुँदा नहुँदै धनको भारी थुप्रो लगिजानेछ|’

तब उसले सबेरै चाडै नै उठेर भाइबन्धुहरुलाई आफ्नो सपनाको बात बतायो| उनीहरुले उसको कुरा वाहियात ठानेर हँस्सी उडाउन लागे, ‘कहीँ सपना पनि साँचो हुन्छ?’

तब तीमध्ये यौटा बुडोले भन्यो-‘हेर भाइ, मेरो कुरो मान्, यसरी साँचो झुटो गर्नको बदलामा देउताले जस्तो भनेको छ त्यस्तो गर्नमा तेरो क जान्छ?’ अब उसले बुढाको मानेर स्नानादीबाट मुक्त भएर मातालाई दण्डवत् गरेर घिउको बत्ती बालेर काममा गएर बस्यो हेर्दा हेर्दै थोरै बेर पछि उधारो लगेकाहरुले रुपिया ल्याएर दिन लागे, सापटी लानेहरु आएर तिर्न थाले किन्नेले पसलमा भएका सारा सामानहरु नगद पैसा दिएर किन्न शुरु गरे साँझसम्ममा धनको थुप्रो लाग्यो मनले माताको नाम लिएर उहाँको चमत्कार देखेर घर जानकोलागी गहना कपडा, सामान किन्न लाग्यो यहाँको कामबाट निप्टिएर तुरुन्त घरको लागि प्रस्थान गर्यो|

उता उसकी स्वास्नी बिचरी दाउरा लिन जंगल जान्थी फर्कदाखेरी माताजीको मन्दिरमा गएर बिश्राम गर्थी|

माताजीको मन्दिर त उसले रोजेको बिसाउने ठाउँ भएको थियो| टाढा धुलो उडेको देखेर उ माताजीसँग सोध्दथी-‘हे माता! यो धुलो किन उडिरहेको छ?’ आमाले भन्नु भयो-‘ हे पुत्री तेरो पति आइरहेकोछ| अब त दाउराको यस्तो तीन वोटा भारी बाधेरले यौटा भारी खोलाको तिरमा राख, दोस्रो मन्दिरमा, तेस्रो आफ्नु टाउकामाथि राख| तेरो दाउराको भारी देखेर उसलाई मोह उत्पन्न हुनेछ| त्यो यहा रोकिनेछ, खाना बनाएर खानेछ अनि आमालाई भेट्न जानेछ तब तैले दाउराको भारी बोकेर घर जानू र आगनको बिचमा भारि राखेर बेसरी कराउनू-‘ए बज्यै! दाउराको भारि बुझ, भुसको रोटि देउ, नरिवलको खबटोमा पनि देउ आज को पाहुना आएकोछ?’

हवस्, हवस् भन्दै ऊ खुशी हुदै दाउराको तीनोतै भारि लिएर आई| यौटा खोलाको किनारमा र यौटा माताको मन्दिरमा राखी यतिकैमा त्यो जात्रु त्यहाँ आएपुग्यो| दाउराको भारी देखेर उसलाई इच्छा भयो कि-‘अब यही बसू र खाना बनाएर खाऊ, नदिको स्वच्छ पनि पिउ अनि घर जाउला|’ यस्तो प्रकारले उसले त्यहि बिसाएर खाना बनाएर खायो- पियो र एकछिन आराम गरेर हिड्यो, अनि आफ्ना गाउँमा पुगेर सबै संग बडो प्रेमले मिल्यो|
त्यस बेला त्यसकी पत्नी पनि दाउराको भारी लिएर चम्कदै आईपुगी| दाउराको भारी आँगनमा बिसाएर बेसरी तीनपल्ट कराई—‘ए बज्यै! दाउराको भारि बुझ, भूसको रोटि देउ, नरिवलको खबटामा पानी देउ, आजको पाहुना आएकोछ?’

त्यो सुनेर उसकी सासू आई र आफुले दिएको कष्ट भुलाउनको लागि भन्न लागि-‘बुहारी! यस्तो किन भान्छेस्! तेरो मालीकै त आएको आइजा बस्; मसिनो चामलको भात खा, लुगा गहना लगा|

यत्तिकैमा चर्को बोलि सुनेर उसको स्वामी बाहिर आयो र उसको हातमा आफ्नु औठी देखेर ब्याकुल भयो तब आमासित सोध्न लाग्यो-‘आमा! यो को हो? आमा भन्छे-‘ बाबू! बेटा!! यो स्त्री हो, आज बाह्र वर्ष भयो, तँ जहिले देखि गइस, तब देखि सारा गाउभरी जनाबर झैँ लुखुर लुखुर भड्किहिड्छे|घरको काम धन्धा केहि गर्दिन, दिनमा चार पटक आएर खान्छे| अहिले तलाई देखेर भूसको रोटि र नरिवलको खबटोमा पानी माग्छे|

ऊ लज्जित हुँदै बोल्यो—ठीक छ आमा मैले यसलाई पनि देखेको छु| औं तपाइलाई पनि देखेको छु, अब मलाई अर्कै घरको साँचो दिनुहोस्, म उसैमा बस्छु|तब आमाले भनी- ठीक छ बेटा!!! तलाई जस्तो इच्छा लाग्छ गर्|’ भन्दै साँचोको झुप्पा उसको अघि फ्याकिदी| उसले साँचो लिएर घरको तेस्रो ताला अर्थात् माथिल्लो तलाको कोठा खोलेर सारा सामान राखिदियो| एकैदिनमा उहाँ राजमहलको जस्तो ठाटबाट हुन गयो| अब के थियो त्यो बिचरी सुख भोग्न लागी| यत्तिकैमा अगिल्लो शुक्रबार आयो, उसले आफ्नु पतिलाई भनी-‘सन्तोषी माताको ब्रतको उध्यापन गर्नुछ|’ उसले भन्यो-‘धेर बेसको कुरा हो, खुशी संग गर|’ उसले तुरुन्तै उध्यपनको तयारी गर्न लागी जेठाजुका छोराहरुलाई भोजन गर्नका लागि भन्न गई| केटाहरुले मन्जुर गरे, परन्तु पछिबाट जेठानीले आफ्ना छोराहरुलाई सिकाई—‘हेर रे! खाँदा खेरि सबैले अमिलो माग्नु, जसले उध्यापन पुरा नहोस|’ केटाहरु भोजन गर्न आए पेटभरी खीर खाए परन्तु आमाले सिकाएको सम्झने बित्तिकै भन्न लागे—“हामीलाई अलिकती अमिलो दिनुहोस, खीर हामीलाई पटक्क मनपर्दैन, देख्दै खान मन लाग्दैन|”

ऊ भन्न लागि-‘अमिलो कसैलाई पनि दिइन्न| यो त सन्तोषी माताको प्रसादी हो’ केटाहरु उठी उभिएर भने-‘पैसा दिनुहोस्| उस बिचरीले क्यै जान्दिन थी, तिनीहरुलाई पैसा दिदिई केटाहरु तुरुन्त गएर तित्री किनारा ल्याई खान लागे| यस्तो देखेर त्यस बिचारी माथि सन्तोषी माता रिसाउनुभयो, राजाका दुतहरुले उसलाई पक्रेर लगे| तब जेठाजु जेठानी नमिठा कटुबचन भन्न लागे-‘लुटी लुटीकन धन जम्मा गरेर ल्यायो राजाका दुतले पक्रेर लागे|

अब थाहा पाउनेछ, जब जेलको पिटाई पर्नेछ|’ बिचारी त्यो स्त्री द्वारा यी बचन सहिएन| रुदैरुदै सन्तोषी माताको मन्दिरमा गई-‘हे माता! तपाइले यो के गरिबक्सियो हसाएर फेरी किन रुवाउन लाग्नुभयो|’ तब सन्तोषी माताले भन्नुभयो –‘छोरि! तैले उध्यापन गरेर मेरो ब्रत भंग गरिदिस, यतिचाडै सबै कुरो बिर्सिदिइस्|’ ऊ भन्न लागी—‘बिर्सेकी त छैन, न केहि अपराध गरे! मलाई त केटाहरुले बिर्साइदिए| मैले गल्तीले उनीहरुलाई पैसा दिदिए मलाई छमा गरीदिनुहोस म फेरी तपाइको उध्यापन गर्छु|’ फेरी सन्तोषी माताले भन्नुभयो –‘अब गल्ति नगर्नु|’ उसले भनी-‘अब गल्ति हुदैन आमा!’ अब भन्नुहोस् ती कसरि आउलान्? माताले भन्नुभयो-‘जा पुत्री! तेरो पति बाटोमाआइरहेको तलाई मिल्नेछ|’

ऊ आमालाई ढोगेर हिडी, जादा बाटोमै पतिलाई आइरहेको पाईउसले सोधी-‘तपाई कहाँ जानु भएको थियो?’ ऊ भन्न लाग्यो-‘यतिका धन त कमाएको छु, उसको कर (तिरो) राजाले मागेको थियो,त्यहि दिन गएको थिए|’ उसले खुशी भएर भन्न लागी- ‘भलो भयो अब घर जाऊ’ दुवै घर गए| क्यै दिन पछि फेरी शुक्रबार आयो| उसले भनी-‘मलाई सन्तोषी माताको उध्यापन गर्नुछ|’

पतिले भन्यो- ‘गर!’ ऊ फेरी जेठाजुका छोराहरुलाई भोजन गराउनका लागी भन्न गई| जेठानीले एक दुइ रुख बात सुनाइँ र छोराहरुलाई सिकाउन लागी-‘तिमीहरु सबैले अचार माग्नु|’ केटाहरुले भने-हामीलाई खीर खान पटक्क मन लाग्दैन, जीउ मिचलायेर वाकवाकी आउंछ, अलिकति अमिलो खान दिनुहोस् नि! उसले भनी-‘अमिलो खान पाइदैन आउने भए आओ,नआउने भए नआओ|’ जब ती आएनन त उसले छिमेकीका, बाहुनका छोराहरुलाई बोलाएर खुवाउन लागी|यथाशक्ति दक्षिणाको बदला यौटा यौटा फल उनीहरुलाई दिई| यस उध्यापनले सन्तोषी माता प्रसन्न हुनुभयो| आमाको कृपा हुने बित्तिकै उसले नबौ महिनामा शान्त प्रकाशवाला अति राम्रो छोरा पाई| छोरोलाई लिएर ऊ दिनहुँ माताजीको मन्दिरमा जान थाली|

सन्तोषी माताले सोच्नु भयो कि ‘दिनहुँ यो आउछे, आज म नै किन यसको घर नजाऊँ, यसको दलान सम्म त हेरु सहि|’ यस्तो विचार गरेर माताले डरलाग्दो रुप बनाउनु भयो सख्खर र चनाले पोतिएको मुखमंडल, अनि फेरी चोसो परेको थुतुनु, जस माथि झिंगा भन्किरहेका थिए, यस्तो रुप धारण गरेर उसको दैलोमा गोडा राख्नुभयो| देख्ने बित्तिकै उसकी सासू कराई-‘हेर है! कुनै बोक्सी डंकिनी आइरहेकी छ! केटा हो! यसलाई भगाओ, होइन भने कसैलाई खाइजानेछे|’ केटा डराउन लगे र चिच्चाउदै झ्याल लगाउन थाले|

बूढीकी हेंला गरिएकी बुहारी यौटा आँखीझ्यालबाट हेरिरहेकी थिई, खुशीले विह्वल भएर कराउन थाली-‘आज मेरी आमा मेरो घर आउनुभएको छ|’ यस्तो भन्दै दुध पिइरहेको छोरोलाई पर सार्छे|यत्तिकैमा उसकी सासूको क्रोध उम्लियो, कराई-‘राडी यसलाई देखेर उत्ताउली भएकी छ, छोरालाई पच्छारिदी|’ यत्तिकैमा सन्तोषी माताको प्रतापले जताहेर्यो उतै लड़कै-लड्का देखिन लागे| ऊ बोली-‘आमा मा जसको ब्रत गर्छु, यहाँ उही सन्तोषी माता हुनुहुन्छ|’ येति भनेर चाडै नै घरका सारा दैला उघरिदीई, सबले माताको चरण समाएर बिन्ति गर्दै भन्न लागे-‘हे माता! हामी मुर्ख छौ, अज्ञानी छौ, पापिनी छौ|

तपाइको ब्रतको बिधि हामी जान्दैनौ, तपाईको ब्रत भंग गरेर हामीले धेरै ठुलो अपराध गरेका छौ| हे जगत्माता! तपाई हाम्रो अपराध माफ गरिदिनुहोस|’ यस्ता प्रकारका पुकारले सन्तोषी माता प्रसन्न हुनुभो|| सन्तोषी माताले त्यस बुढीकी बुहारीलाई जस्तो फल दिनु भयो माता सबैलाई दिउन्| जसले यो कथा श्रद्धा-भक्तिपुर्बक पद्छन्, उनका मनोरथ पूर्ण होउन्| सबैले भने-
“सन्तोषी माताको जय”

योगसिद्ध विदेह जनकलाई गुरु अष्टाबक्त्रले आधा श्लोकमा नै सबै शास्त्रको सार भन्नुभएकोछ:-
ग्रन्थ कडोनरमा कहिएको भन्छु म सबैको सार| ब्रह्म सत्य जग झुठ हो बुझ तिमी ब्रह्म निहार||
जीबनबाट नै जीबन-जगत माया खेल्दछ खेल ब्रह्मरुप पहिचानिल्यौ, काट्ला जगतको जेल||
*श्री सन्तोषी माताको आरती *
जय सन्तोषी माता! जयसंतोशी माता! आफ्ना सेवक जनमा सुख सम्पति दाता||
सुनौला सुन्दर सारी धारण गर्ने| हिरा पन्ना चम्कने गहना मन पर्ने||

गुँरास सरिको रातो रंगिलो मुखपद्द्मा भएकी| तीनै भुबनका जन-मन मोहने हाँसो मन्द लिएकी||
स्वर्ण-आसनमा बिराजिएकी चमर-हवा रुचिएकी|

धुप दीप मिठा.मसला मनभोग धरे खुसियेकी||
सक्खर चना परम प्रियवाली उसमै सन्तोष लिने| सन्तोषी माता कहलाई सम्पति अरुकन धेर दिने||
शुक्रबार प्रिय मानने आज छ दिन सोहि| बाजे प्रभुको कथा कहन्छन् सुन्छन् मालिक मोही||
मन्दिर जगमग ज्योति भएको मंगल ध्वनि गुन्जने| बिनय गर्छु म चरणमा शिर राखी मनले||
भक्ति भावमय पुजा अंगीकृत गर्नोस्| मनमा बसेर मेरो इच्छा-फल दिनुहोस्||
रोगि दु:खी जनको संकट मुक्त गरी| सुख सौभाग्य दिनुहोस् माता! घरमा धन-धान्य भरी||
प्रभुका भक्त सबले मनबान्छित फल पाए| पूजा कथा श्रवण गरी आनन्दै घर आए||
शरण छु सदा दया राख जगदम्बे! संकट तिमी नै टारीदेउ

दयामयी अम्बे||
सन्तोषी माताको आरती कोहि जन गाओस| ऋद्धि-सिद्धि सम्पति सब चाहे जति पाओस्||
*भोग लगाउँदाको बिन्ती*
भोग लागोस् माता योगेश्वरी, भोग लागोस् आमा भुबनेश्वरी!
भोग लागोस् अन्नपुर्नेश्वरी, मिठा बस्तुमा रुची होस्|
थाली सझाउ खाना खिरले प्रेम सहित गरूँ बिनती गरु भई धीर|

तिमी माता करुणागम्भिर भक्तार्चना सक्खरप्रिय लागोस्,
शुक्रबार प्रभुको दिन प्यारो, कथा सुनेमा दु:ख टारी|
भक्ति भाव मनमा भरी सुख दिनुहोला भारी||
*सन्तोषी माताको हिंडोला (पीङ)*
झुल झुल ए सन्तोषी माता यो हो सुनको झुलाना……..
गरिब मेरो जर्जर झुपडीमा गुजरान गर्छु मा राम कुटियामा|
आऊ आऊ सन्तोषी माता! मोझो मेरो भावना||
ग्वाला-बाल तिम्रो गाई चराउछन् तिम्रै नाम लिदै घर आउछन्|
हेर हेर सन्तोषी माता! शिशुको यो साधना||
कुनै ग्वालाले चरायो तिम्रो गाई, कसैको गाईले देखि परचिई|

पछि-पछि चली मन लाई, बन-बिच भयो रमाना||
तिम्रो मन्दिरमा पुगेपछि आयो अचरज नाना||
देख्यो उँहा एक सुन्दर नारी, कोटी सुर्यसम तेज उज्याली|
मन्दिरमा आइस् किन ग्वाला? के तेरो चाहना? ||
तेज निहारी ग्वाला घबडायो, बोलि फुटेन मनचाहि रमायो|
काप्तै मुखमा आयो बात, दिलाउ मिहिनेता||
थालमा भरिएर आयो भात, देखि ग्वालाको मन मुर्मुरियो|
भन्यो दिनुहोस् यो मलाई, आफै खान्छौ खाना||
तल तलेटिको जलाशयमा आयो, जलमा खोलि सब धान गिरायो|
कपडामा सुनको दागी देख्यो पछुतायो छोडी ताना||
लेख्यो भाबीले भाग्य गरिब आँखा अपराधी कान!
अनि आयो मन्दिरमा, पायो ढोका बन्द, तब तक रोई गायो गाना||
झुलाना झुलेको परै सुनिएला, जसमा कृपा छ सो सुखिएला|

ढुंगामा सुन देख्दा उसले, जसको होस् साँचो भावना||
आफ्नो रातो चुनरी उतारोस, माताजीमा सबै चढाओस्|
भक्ति धरोस मनमा त पुगोस सबै चाहना||
*सन्तोषी माताको भजन*
मंगलको बास मंगलको बास तिम्रो मन्दिरमा मंगलको बास,
माता! तिम्रो मन्दिरमा मंगलको बास||
जय अन्नपुर्नेश्वरी, जय जगदिश्वरी, जय सन्तोषी, जय परमेश्वरी| सबको आश पुगोस्
माता! मन्दिरमा मंगलको बास||
धुपको धुवा दशैँ दिशा छायो, बिश्व अमंगल शोक नशायो| भक्तको मनमा उल्लास,
माता! तिम्रो मन्दिरमा मंगलको बास||
झलमल-झलमल दीपकमाला, तीन लोकमा सुख छायो|

निर्मल ज्योति प्रकाश,
माता! तिम्रो मन्दिरमा मंगलको बास|| कण्ठ शोभियो माता तिम्रो फूलको माला,
सरस सुगन्ध भर्बेर मतवाला| महकिरहेको छ भुमि आकाश,

माता! तिम्रो मन्दिरमा मंगलको बास||
तिमिनै माता! बहुचरा होउ, तिमिनै माता तुलसी होउ,
तिलोत्तमा लक्ष्मी तिमिनै रामा रमापतिकी खास| माता! तिम्रो मन्दिरमा मंगलको बास||

अम्बाजी मन्चिन्छिन, बालाजी चट्किन्छन्, ललिताजी झुम्छिन,

भवानीका बाहन योगिनी नाच्छन् उनचास| माता! तिम्रो मन्दिरमा मंगलको बास||
घंटा ढोल मजीरा झ्याम्टा, शंख, नगडा, नौमती बज्छन्| भक्त गर्छन जय जयकार खास
माता! तिम्रो मन्दिरमा मंगलको बास||
आठै पहर अमृत बर्स्या पिउंछन् जो हर्षन्छन्| पिएर रस हुन्छन निहाल

माता! तिम्रो मन्दिरमा मंगलको बास||
कुकुमको बर्षा होलाक सुखदायी, छाईरहला हरदम अरुणायी| नाच्छन् नारि दी दी ताल,
माता, तिम्रो मन्दिरमा मंगलको बास||
भक्त मनोरथ पुरा गरीदेउ !आदि शक्ति अम्बे कल्याणी| गाउछन कृपा-गुण बिशाल,
माता तिम्रो मन्दिरमा मंगलको बास||
*सन्तोषी माताको कुकुम पत्रिका*
आमा! तिम्रो छ नाम हजार|
कोहि भन्दछन् ककोत्री रोजै बदल्छिन ठाउँ| म कहाँ जाउ कहाँ दर्शन पाउँ:|

ज्वालाजीमा ज्वाला कहियौ नगरकोटमा पूजा गरियौ|कोटी बाहुले गर्छौ काम तिम्रो के के हो नाम||
बिध्याचलमा बिन्दबासिनी, मायापुरिमा चण्डी, कलकत्तामा कहिन्छौ काली,

तिम्रो भक्त दर्शनका लागी कता कता जाली ||
सम्भालपुरमा बहुचरा भानियौ, पावागढमा दुर्गा| गंगा-यमुना तिम्रो धाम नेपालमा गुहेश्वरी हो नाम||
जहाँ छौ माता उहाँ बाट आऊ-मेरो मनोरथ पूर्ण गराउ ||
कोटेश्वरमा सरस्वति भयौ, भद्रकाली ता राजनगरमा| बम्बैमा छौ तिमी महालक्ष्मी,
आसाममा हौ कामाक्छ्या ||

करौलीमा कैला कहियौ, जम्मुमा छौ ‘बैष्णवी’
||इति श्री सन्तोषी माताको ब्रत कथा सम्पूर्ण