नेपालमा शुरु भयो कलियुग ,नातिले हजुरआमा,बाबुले छोरी सहित ९ वर्षे बालिका बलत्कार ,धन्नले बचेकी छन् छोराबाट आमा बलत्कृत हुन्

By online tinpiple – २४ श्रावण २०७५, बिहीबार १५:५४04
Share on Facebook Tweet on Twitter

नेपालमा बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । तर बलात्कारका घटना बढिरहँदा दोषीमाथि सजायका घटना भने कमै सुनिन्छन् । बलात्कारीलाई फाँसी दिनुपर्ने आवाज उठेपनि जेल सजाय पनि छोटो समय हुने गरेको भन्दै अधिकारकर्मीहरुले आवाज उठाएका छन् । नेपालका सबै जिल्लामा अहिले बलात्कारका घटना बढ्दै गइरहेका छन् ।

हिमाली जिल्ला ताप्लेजुङमा पनि दिनदिनै बलात्कारका घटनामा बढेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । प्रहरीका अनुसार पछिल्लो समय बुबाले छोरीलाई, नातीले हजुरआमालाई समेत बलात्कार गरेको घटना सार्वजनिक हुन थालेका छन् । ताप्लेजुङको पश्चिमी आठराई त्रिवेणी गाउँपालिका वडा नम्वर १, मा १७ वर्षकी छोरीलाई ४० वर्षका बाबुले बलात्कार गरेका छन् भने सोही गाउपालिका ३ मा मानसिक सन्तुलन गुमाएकी ५० बर्षकी हजुर आमालाई आफ्नै नातीले बलत्कार गरेको घटना पनि सार्वजनिक भएको छ ।

१७ वर्षकी छोरीलाई ४० वर्षका बुबाले साउनको ५ गते रातको ९ बजे बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।उनले छोरी एक्लै भएको मौकामा बलात्कार गरेका थिए । छोरीले गाउँमा बुवाबाट बलात्कृत भएको ढिला गरी भनेपनि गाउँमा लुकीछिपी बसेको अवस्थामा बाबुलाई पक्राउ गरेको प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।

आठराई त्रिवेणी गाउँपालिका–१, मा ९ वर्षकी बालिका समेत बलात्कृत भएकी छिन । बालिकालाई १५ वर्षका युवकले बलात्कार गरेको र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै १७ बर्षका आफ्नै नातिले साउन १९ गते दिउसो १२ बजे जबरजस्ती आफ्नै हजुरआमालाई बलत्कार गरेका थिए । बलात्कार गर्ने नातिलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्रउ गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए ।