तपाईंको मुटु छुने एउटा कथा जुन पढे पछि सेयर गर्न नभुल्नुहोला, हाम्रो समाजको यथार्थ चित्रण

कपटक एउटा किसानको घोडा बिरामी भएछ । उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलाएछ । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने “तपाइको घोडालाई धेरै गम्भीर बिमारले समातेको छ ।

मैले तीन दिन सम्म यसलाई औषधि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी
यसको बिमार अरु जनावरहरुमा पनि सर्नसक्छ” ।

यो सबै कुराकानी छेउमै बसेको एउटा खसीले पनि सुनिरहेको थियो । अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो “उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमिलाई मारिदिन्छन” ।

दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो “साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमिलाई मदत गर्छु ल उठ ।”

तेस्रो दिन जब डाक्टर आए र किसानलाई भने, “मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी
कुनैपनी सुधार नजर आइरहेको छैन ।”

जब डाक्टर त्यहाबाट गए, तब त्यो खसी फेरि घोडाको छेउमा गयो र भन्यो “देख्यौ साथी, अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने ।

यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्मत गर, प्रयास गर ।” घोडा जुरुक्क उठ्छ, खसीले भन्छ, हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज ।

स्याबास !त्यतिकैमा किसान आयो, उसले देख्यो घोडा उठेर दौडीरहेको छ, उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकीलाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो “चमत्कार भयो, मेरो घोडा ठिक भयो, हामीले उत्सव मनाउनु पर्छ, पार्टी खानुुपर्छ, आज यही खसि काट्छु , खसिको बिर्यानी सबैलाई खुवाउछु ”

!!! बिचरा खसी !!!