छोरालाई डाक्टर ईन्जिनियर बनाउछु भनेर बिदेश गएका यी निशानका बुबा र काख रित्तो भएकी आमालाइ समालिने शक्ति दिउन भगवान सङ प्राथना … पूरा हेर्नुहोस

काठमाडौँ । सोमबार अपहरणकारीबाट हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मलेसियामा रहेका बाबु गोपाल सोमबार नै फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो ।

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बुधबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् ।

विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गोपाल निकै भावविह्वल बनेका थिए । यस्तै निशानकी आमा चमेलीसहितका आफन्तपनि भावविह्वल बनेका थिए । भावविह्वल अवस्थामा रहेकी श्रीमतीलाई भेट्दा गोपाल थप भावुक बन्दै श्रीमतीलाई सम्हाल्न समेत सकिरहेका थिएनन् ।

निशानको सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए । निशानको हत्यापछि उनीहरु पनि भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए ।

त्रिवि शिक्षण अस्पतालबाट निशानको शब अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको सहभागिता रहेको थियो ।