कञ्चनपुरमा भर्खरै मुटु काम्ने दुर्घटना लाइभ भिडियो हेर्नुहोस … (भिडियो)

कञ्चनपुर । कञ्चनपुरबाट सप्तरी तर्फ गुडेका दुई सवारी दुर्घटनामा परेका छन्। पाँच जना गम्भीर घाइते हुने गरि भएको त्यो दुर्घटनामा सडक किनाराको विजुलीको पोल ढलेर अर्को दुर्घटना पनि थपियो ।अगाडि गुडिरहेको हायसलाई पछाडिबाट तीब्र गतिमा आएको बसले ठक्कर दिएको प्रहरीले जानकारी दिए । ठक्कर खाएपछि वायाँ दिशामा हायस पल्टेको हो । अनियन्त्रित भएको हायस सडक किनाराको विजुली पोलमा ठोक्किएर तारहरू चुँडाउँदा अर्को दुर्घटना थपियो । सडकमा हिडेका केही सर्वसाधारणलाई करेन्ट लाग्यो ।हायस भित्रका यात्रुलाई सिसा फोरेर निकालिएको थियो । बसका यात्रुहरू भने सामान्य छन् ।

हायसका चालकले अचानक बसले पछाडिबाट ठक्कर दिएको बताए । दुर्घटनामा सकुशल रहेका यात्रुले एक्कासी पठछाडिको बसले ठक्कर दिएपछि हायस ढल्दै उछिट्टिएर पोलमा ठोक्किएको बताए ।सडकका दुबै किनाराका तार चुँडेका र बिग्रेका अवस्थामा छन् । विद्युत कर्मचारी आएर लाइन काट्ने क्रममा सडकमा गुडेको ट्रकले सडक भन्दा ठिक माथि लत्रेको विजुलीको तारलाई छोएपछि समस्या झनै थपियो।