प्रहरी इन्काउन्टरमा मारिएका अजयका बाबुको प्रश्नः पक्रेको मान्छेलाई चौकी लानुपर्छ कि जंगल ? [भिडियो हेर्नुहोस ]

प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङ लगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’ माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गरेका हुन् ।

यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरित भएका थिए । र, प्रहरीले अनुसन्धानका क्रममा भक्तपुरमा ठिमी नगरपालिकास्थित एक घरमा बालकको शव गाडिएको अवस्थामा फेला पारेको थियो । भिडियो हेर्नुहोस