सँगै खाना खान्थे ‘अपहरणकारी’, आमाले नै पठाएकी थिइन् घुमाउन,चिनेजानेकै हुन सक्छन् अपहरणकारी, बालबच्चा जोगाऔं [भिडियो हेर्नुहोस ]

आइतवार काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको सोमवार बिहान भक्तपुरको नगदेशमा बिभत्स हत्या भयो । फिरौती माग गर्दै अपहरणकारीले बालकको अपहरण गरे । अनि सोही दिन (प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार) हत्या गरे । काठमाडौं उपत्यकामा भएको यो डरलाग्दो घटनाले राजधानीको शान्ति सुरक्षामा प्रश्न उठेको छ । प्रहरीसँगको मुठभेडमा मारिएका अपहरणकारीबाट पेस्तोल बरामद भएको बताएको छ ।

यस्तै अबैध हतियारका कारण अपराधका घटना बढिरहेका छन् । बालकलाई जोगाउनका लागि अपराध महाशाखाले प्रयत्न नगरेको होइन । अपहरणकारीको फोन लोकेशन र कल डिटेल्सका लागि अदालतको आदेश पनि चाहिन्छ । महाशाखाले खबर पाउँदा राती भइसकेको थियो । यस घटनामा बालक जोगाउने अनुसन्धानका लागि महाशाखाका अधिकारीलाई अपहरणकारीको ‘फोन डिटेल्स्’ पाउन मुस्किल भयो । जसलाई प्रहरी अनुसन्धानमा ‘प्राविधिक सहयोगको कमी’ ठहर छ । भिडियो हेर्नुहोस