समिक्षाले अधिकार खोज्दा ज्युँदै जलाएर मार्ने आफ्नै बुबा,हजुर आमा र फुपु थुनामा,आत्मले शान्ति पाओस [भिडियो हेर्नुहोस ]

एक महिना अघि जलेर मृत्यु भएकी रुपन्देही १६ वर्षीया किशोरीलाई आफ्नो बुबासहित परिवारका सदस्यले ज्युँदै जलाएर मार्ने उद्योगको अभियोगमा त्यहाँका अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।मृतक समिक्षा ठकुरी,रुपन्देहीको कञ्चन नगरपालिका वडा नम्वर– ५, कि १६ वर्षीया समिक्षा ठकुरी गत असार ९ गते आफ्नै घरमा जलेको अवस्थामा गम्भीर घाईते भई उपचारको क्रममा असार २० गते मृत्यु भएको थियो ।

समिक्षालाई ज्युँदै जलाएर हत्या गरेको अभियोगमा समिक्षाका बुबा तेजबहादुर ठकुरी, हजुर आमा हरिमाया ठकुरी र फुपु अमृता भनिने शोभा रानालाई जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायधिश शारदाप्रसाद श्रेष्ठको इजलासले उनिहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । भिडियो हेर्नुहोस