बच्चा अपहरन अनि हत्या गर्ने अपराधी इन्काउन्टर हुँदा, मानवअधिकारको कुरा गर्ने पनि अपराधी हो [भिडियो हेर्नुहोस ]

आइतबार साँझ अपहरणमा परेका सिन्धुपाल्चोक स्थायी घर भई काँडाघारीमा आमासँगै डेरामा बस्ने ११ वर्षीय निशान खड्का साउन २१ गते सोमबार मृत भेटिए ।सञ्चारमाध्यममा आएको जानकारीअनुसार निशानको हत्यामा संलग्न अपहरणकारीहरु निशानको ममीले सञ्चालन गरेको होटलको नियमित ग्राहक थिए । त्यही आधारमा निशानसँग उनीहरुको चिनजान थियो ।

अपहरणकारीले नै फकाएर निशानलाई लगे र पैसाका लागि निशानको हत्या गरे ।अपहरणकारीले ‘निशानलाई जिउँदो चाहिए ४० लाख तयार राख’ भनी उनकी आमा चमेलीलाई फोनसमेत गरेको पाइयो ।आइतबार साँझ ९ बजे आएको फोन कलका आधारमा प्रहरीले समयमै सतर्कता अपनाएको भए सायद निशानको जीवन बँच्न सक्थ्यो । यो मामलामा प्रहरी चुकेको हो भन्नेमा कुनै शंका छैन । तर जब सोमबार मध्यान्ह प्रहरीले निशानको शव फेला पा¥यो, त्यसपछिको घटनाक्रममा जे भएको छ, त्यो एकदमै सही भएको छ ।भिडियो हेर्नुहोस