साउनभरी कैलाशमा साक्षत् शिव देखिनुभयो दर्शन स्वरुप लाईक, सेयर गरे अदुभूत फलिफाप..

काठमाडौ । हिन्दूहरुको आराध्यदेव शिवलाई योगका गुरु मानिन्छ । उनी प्रायजसो ध्यान मुद्रामा देखिन्छन् । उनको पूजा लिंगकोरुपमा गरिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्रमय दुवैको लागि विख्यात छन् । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिवलाई मानिन्छ । शिवको अर्थ कल्याणकारी हुन्छ । तर उनी सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधिनमा राख्न सक्छन् भन्ने विश्वास छ । शिवको वासस्थान कैलास पर्वतलाई मानिन्छ ।

चीनको स्वशासित क्षेत्र तिव्वतको पश्चिमी भेगमा पर्ने मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न हजारौ तीर्थयात्रीहरु त्यहाँ पुग्ने गर्दछन् । अझ श्रावण महिनाको दोस्रो सोमबार त्यहाँ भगवान शिव साक्षत देखिने विश्वास गरिन्छ । त्यसैले भगवान शिव विराजमान कैलास पर्वतको तस्विरबाटै भएपनि दर्शन गर्ने गरिन्छ । यहाँ आफु जानु मात्र हैन । अरुलाई दर्शन गर्न लैजान झनै ठूलो फलिफाप हो । आधुनीक युगमा आफुले बनाएका सामाजिक सञ्जालमा सेयर गरेर अरुलाई दर्शन गराउने अभिभारा पुरा गर्दै मानिसहरुले लाभ लिइरहेका छन् । तपाईहरुलेपनि सेयर गरिदिन सक्नुहुनेछ ।

सन् २०१२ मा पहिलो पटक टच कैलास ट्राभल एण्ड टुर्सवाट काठमाडौं कोदारी मार्गहुदै खासा, न्यालम, सागा, दोङवाको मार्ग हुदै मानसरोवर र कैलास यात्रा गर्ने मौका मलाईपनि जुरेको थियो । जसमा १२९ भारतीय नागरिक पनि सहभागि थिए । यसपटक पनि सो स्थानको भ्रमण गर्ने मौका जुर्यो । मौका जुराइदियो टच कैलास ट्राभल एण्ड टुर्स ठमेलले । सो कम्पनीले सञ्चालन गरेको कैलास–मानसरोवर यात्रामा भारतीय नागरिकहरु ७८ जना र केही नेपाली सहित सहभागि हुने अवसर प्राप्त भयो ।
नेपालमा गएको महाविनासकारी भूकम्पले क्षती पु¥याएपछि वन्द भएको तातोेपानी खासा नाका हाल सम्म पनि सञ्चालनमा नरहेकोकोले यस पटकको यात्रा नेपालगञ्ज, सिमीकोटको मार्गवाट शुरुभयो । पहिलो दिन दिउसो ३ वजेको वुद्ध एयरको जहाजवाट करीव १ घण्टाको यात्रापछि नेपालगञ्ज पुगियो । भोली पल्ट विहानको हवाई उठानवाट सिमीकोट पुग्ने कार्यक्रम भएतापनि उदान रद्द भएकोले नेपालगञ्जमा ने वास वस्न वाध्य भयो । गर्मी र स्थानीय निर्वाचनको माहोलले नेपालगञ्ज तातेको देखियो । सिमीत हवाई जहाज र प्रतिकुल मौसमका कारणवाट कैलाश यात्रामा हिडेका हजारौं यात्रुहरु नेपालगञ्जमा अलपत्र जस्ता देखिन्थे । यात्राको तेस्रो दिन विहान ९ः०० वजेको उडानवाट हुम्लाको सदरमुकाम सिमीकोट पुगियो ।

४५ मिनेटमा पुग्न सकिने सिमिकोटको उचाई ३००० मीटर रहेको छ । वरिपरी हिमालले घेरिएको यो स्थान प्राकृतिरुपमा सुन्दर मानिन्छ । हावाको झोक्का र कम तापमानले नेपालगञ्जको गर्मीलाई यो स्थानले सहजै भुलाइदिन्छ । सिमीकोटवाट हेलिकप्टरवाट हिल्सा पुग्नुपर्ने भएको हुदाँ त्यो यात्रापनि त्यति सहज थिएन । सिमीकोट एयरपोर्टमा पनि हजारौं पर्यटकहरु अलपत्र थिए । कम हेलिकप्टर, इन्धनको समस्या र मर्मत संभारको असुविधाले गर्दा यात्रुहरुको संख्या अनुसार सेवा दिन नसक्दा पनि यात्रुहरु अलपत्र रहेका थिए ।

होमस्टेटको अवधारणवाट वनेका ५० भन्दा वढी सिमीकोटका होटेलहरुले यात्रुहरुलाई आवास तथा खानाका सुविधा प्रदान गरिहेका छन् । चौथो दिन विहानको ३० मिनेटको हेलिकोप्टर उडानवाट हिल्सा पुगियो । कर्णाली नदीको तटमा रहेको हिल्सा वजार नयाँ वजार हो । धेरैजसो सिमीकोट र अन्य नजिकका वासिन्दावाट स्थापना गरिएको यो वजार भूकम्प पछि तातोपानी नाका वन्द भएपछि कैलास मानसरोवर जाने पर्यटक यस मार्गवाट जानथाले पछि यो वजार विस्तार भएको हो । हिल्सा वजारमा रहेको झुलुङ्गे पूल र पक्की पूलवाट कर्णाली नदी पार गरी नेपाली सिमा सुरक्षा वल र चिनीयाँ इमीग्रेशन सम्म पुग्न सकिन्छ । चिनीयाँ इमीगे्रशन स्थानवाट करीव १ घण्टाको गाडीको यात्रावाट पराङ राज्यको ताक्लाकोट पुग्न सकिन्छ र त्यस दिनको वास पुराङ्ग होटलमा भयो । समुद्री सतहवाट ३८०० मीटरमा रहेको ताक्लाकोट सुन्दर वजार हो ।

प्रायजसो चिनीयाँ सवै खाले सामान पाइने यो वजार ऐतिहासिक वजार पनि हो । जहाँ वासेवासका लागि राम्रा खाले होटलहरु पनि रहेका छन् । ताक्लाकोट वाट ३ घण्टाको गाडीको यात्रा वाट मानसरोवर पुग्न सकिन्छ । दक्षिणतिर लहरै वसेका हिमाली श्रृङखलाहरु उत्तरतर्फ आश्चर्यजनक पहाडी चुचुराहरु सम्म फाँटमा चरिरहेका भेडा, च्याङरा, चौरी, याक तथा घोडाहरुको वथानले कसको मन रोमान्चीत नहोला, ती दृश्यहरु देख्दा सवै थकानहरु दुर हुन्छन् र मन प्रफुल्लीत हुन्छ । पाचौं दिन ताक्लाकोटलाई छोड्दै हाम्रो यात्रा मानसरोवर हेर्ने कौतुहलताले अगाडि वढ्यो । उ निलो ताल देखियो, त्यहिहोला मानसरोवर वसका यात्रुहरु चिच्याउन थाले । हाम्रो साथमा रहेको चिनियाँ गाइड दोर्जेले त्यो रसातल हो त्यसतालको पल्लोपटि मानसरोवर रहेको छ । मानसरोवरलाई त्यसतालले घेरेको छ भने । त्यो तालपनि निकै फराकिलो र सुन्दर थियो ।

दक्षिणतर्फ सेता हिमाल, उत्तरतर्फ नाङ्गा राता र खैरा पहाड र विचमा सम्म समथर उपत्यका त्यसमा वनेका कल्याङ कुर्लुङ देखिने चिल्ला सडक त्यसमा गुड्ने सुविधायुक्त गाडीहरु काठमाडौंमा विभिन्न समस्याले पिल्सीएका हामीहरु त्यहाँको त्यस दृश्यले लठ्ठ नवनाउने कुरै भएन । आफूले आफूलाई स्वतन्त्र भएको महसुस हुन थाल्यो । त्यसपछि गाडी मानसरोवरको तटमा पुग्यो, संसारै पानी पानी समुन्द्र जस्तो लाग्ने निलो, त्यसमा पौडीरहेको राजहाँस, वरिपरि हिमाल, उत्तरमा शिव लिङ्ग आकारको कैलाश पर्वत त्यहाँको मनोरम दृश्यको महिमा अपार छ । सवै यात्रुहरु चिसोको कुनै पर्वाह नगरी सरोवरमा स्नान गर्न लागे, कोही आफू र आफ्ना समुहलाई सरोवारको आवरणमा क्यामरामा कैद गर्न थाले । कोही उन्मत्त भएर खुशि साट्न थाले, सायद उनीहरुले हैदरावाददेखि खेपेको सवै दुख विर्सिई मनलाई प्रफुल्लित वनाउन चाहन्थे ।

मानसरोवको स्नानपछि वस झण्डै २ घण्टा लगाएर तालको परिक्रमा गर्दे मानसरोवरमा रहेको होटलमा वासको लागि रोकियो । मानसरोवर ताल ४५०० मीटर उचाईमा रहेको छ । करिव ४ सय स्क्वायर किमिमा फैलिएको मानसरोवरको व्याख्या स्कन्द पुराणमा पनि गरिएको छ । दत्तात्रेय हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रह्मद्धारा निर्मित मानस सरोवरको दर्शन गराएर त्यसको महत्वका वारेमा वताएका थिए । त्यस स्थानमा ऋषिहरूको आश्रय स्थल पनि थियो ।
भगवान शिव स्वयं राजहंसभएर मानसरोवरमा जलपरिक्रमा गरिरहने विश्वास छ । यस सरोवरमा सवै देवताहरु ब्रह्ममूहर्तमा स्नानका लागि आउने विश्वास गरिन्छ । मानसरोवरमा सतीदेवीको दाया हात गिरेको थियो, त्यसैले त्यहाँ एक शिलालाई उनको रुप मानी पूजाआजा गरिन्छ । यसलाई शक्तिपिठ मानिन्छ । भारतको महत्वपूर्ण नदिहरु ब्रह्मपुत्र, सिन्धु, सतलज तथा नेपालको कर्णालीनदिको मुहान यही मानसरोवर हो । छैटौं दिन मानसरोवर वाट करीव ३ घण्टाको यात्रावाट कैलासको वेसक्याप्पमा रहेको धार्चेन पुग्यो । सातौ दिन धार्चेनवाट कैलाश पर्वत परिक्रमाको लागि पश्चिमी मोहडामा रहेको यमद्धारवाट यात्रा शुरु भयो । तिव्वती भाषमा फन्को मार्नु, घुम्नुलाई कोरा भनिन्छ । कोरा गर्नको लागि यमद्धार भन्दा तल रहेको चौरवाट पैदल हिड्न नसक्नेले घोडा पनि प्रयोग गर्न सकिन्छ । हाम्रा दलका झण्डै ५५ जनाले घोडा प्रयोग गरे भने वाँकी सदस्य पैदल यात्रामा नै रमाउदै वरिपरी पहाडि हिमाली श्रृङखला र विचमा खौचैखोजको वाटो हुदै १४ किमिको दुरीमा रहेको देरापोक वाँसवस्न पुगियो ।

देरापोक ४९१० मिटर उचाईमा रहेको र कैलाश पर्वतको उत्तरी मोहडाको सवैभन्दा नजिकको स्थान हो, जहाँवाट कैलासको साक्षतदर्शन गर्न सकिन्छ । त्यसस्थानमा वाँस वस्नको लागि सुविधाजनक गेस्टहाउस उपलव्ध छ । यसको उत्तरतर्फ ऐतिहासिक वौद्ध गुम्वा छ । देरापोकलाई वरिपरिको विभिन्न आकृतिमा रहेको पहाडले घेरेको छ । कैलासपर्वतको समीपमा पुग्दा जतिसुकै थाकेका भएपनि सवै यात्रुहरू दंग थिए । अधिकास त फोटो खिचाउँ व्यस्त देखिए । आठौं दिन विहान ७ वजेवाट परिक्रमा (कोरा) पुनः शुरुभयो ।

७० जना मध्ये १६ जान भारतीय पर्यटकहरु कोरा गर्न कस्सीए भने वाँकी सोही वाटो धार्चेन फकिए । डेरापोकवाट उकालो हुदै त्यस मार्गको सवैभन्दा अग्लो टाकुरा डोलमला पासगर्नु पर्छ । डोलमला देरालीको प्रतिक पनि हो, त्यहाँ वौद्धमार्गीहरुले तोरण, ध्वजापताका टागेर सिंगारेका छन् । यस स्थानमा केही वस्त्र चढाउनुपर्ने सामाजिक नियम रहेछ । यो स्थानको उचाई ५६५० मिटर रहेको छ । डोलमाला पार गरेपछि अलिकति ओरालो झर्नसाथ तल खोचमा गौरीकुण्ड देख्न सकिन्छ । गौरी कुण्डको जल लाई पवित्र मानिन्छ । त्यसपछि पहाडि चट्टानै चट्टान र हिउसंग खेल्दै झण्डै १ घण्टाको ओरालोपछि तल झर्न सकिन्छ ।

त्यसपछि तेर्पाइलो वाटो हुदै जुथुलपुक पुगिन्छ । यो स्थान देरापोकवाट २२ किमिको दुरीमा रहेको छ । जहाँ पुरानो वौद्ध गुम्वा रहेको छ । त्यसदिनको वास जुथुलपुकमा भयो । सामान्य होटलहरु रहेका छन्, त्यसस्थानमा । सातौदिन विहान जुथुलपुकवाट विदा हुदै हाम्रो यात्रा परिक्रमाको शूरुस्थल धार्चेनतर्फ अगाडि वढ्यो । करीव ३ घण्टाको पैदलयात्रापछि धार्चेन पुगियो । सफलताका साथ कोरा गर्न सकिएकोमा भारतीय यात्रुहरु आपसमा खुशी साटासाट गरे । उनीहरुमा जिन्दगीमा सवैभन्दा महत्वपूर्ण कार्य गरिएको विश्वास पनि थियो । कैलासपर्वतको पुरा परिक्रमापछि अष्टपर्वतको परिक्रमा शुरु हुन्छ ।

जसका लागि जिपवाट कैलासपर्वतको दक्षिणी मोहदाको नजिक पुग्न सकिन्छ । तल खेल्सावाट उकालो चढी माथी डाँडामा पुग्न सकिन्छ, जहाँवाट कैलासपर्वतको साक्षत दर्शन गर्न सकिन्छ । त्यहाँ समीपमा रहेको अष्टपर्वत, नन्दी र शिवलिंगको दर्शन पनि गर्न सकिन्छ । नन्दीको परिक्रमा गर्ने हो भने पुरा एक दिन अरु पैदल हिड्नुपर्छ । कैलास पर्वतको परिधि ३२ माइल अर्थात ४३ किमि रहेको छ । परिक्रमा पछि भगवान शिवको साक्षत दर्शन गरेको अनुभूति पाइन्छ । कैलास पर्वतको उचाई ६७१४ मिटर रहेको छ । पौराणिक कथन अनुसार शिवका अलवा ब्रह्मा, आदि देवगण मरिचि आदि ऋषि, रावण, भष्मासुर आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्तात्रेय आदिले यात्रा गरेका थिए ।

आदि शंकराचार्यले यही स्थानमा प्राण त्याग गरेको भनाई पनि पाइन्छ । मेरु, सुमेरु, सुसुम्ना, हेमाद्री, देवागण आदि पर्वतहरुले सुसुजित यस पवित्र स्थल मात्र नभएर प्राकृतिकछटाको भण्डार पनि हो । यस पवित्रस्थल हिन्दुहरुको मात्र नभएर वौद्ध, जैन, सिख, आदि धर्मावलम्वीहरुको पनि तपोभूमि हो । त्यसैगरी यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्रपनि हो । नवौं दिन विहान मानसरोवर र कैलास पर्वतको दर्शन गर्दै यसस्थानमा आउन पाएकोमा अहोभाग्य ठानी शिवजीलाई नमनगर्दे हाम्रो यात्रा ताक्लाकोट तर्फ मोडियो । यात्रुहरुले पवित्र तीर्थस्थलवाट ल्याउने वस्तुहरुमा मानसरोवर र गौरीकुण्डको जल, शिववुटिहरु र शिला ९ढुंगा० प्रमुख हुन् । पवित्र तिर्थस्थल कैलास—मानसरोवर पुग्न विभिन्न मार्गहरु रहेका छन् । नेपालगञ्ज, सिमीकोट, हिल्सा, ताक्लाकोट मार्ग अन्य मार्ग भन्दा छोटो मानिन्छ तर हवाईजहाज र हेलीकप्टरको असहजताले यस मार्ग त्यति भरपर्दो भने मान्न सकिदैन । त्यसैगरी काठमाडौं– स्याप्रुवेसी–केरुङ्ग–सागा–दोङवा मार्ग पनि चलन चल्तीमा रहेको छ ।

सवै भन्दा सजिलो र रमाइलो मार्ग काठमाडौ, कोदारी, खासा हुदै न्यालमको मार्ग नै हो । काठमाडौवाट करीव ९३३ किमि दुरी रहेको सो स्थानमा वस वा जीपवाट सजिलै यात्रा गर्न सकिन्छ । विचमा ४५ किमिजति ग्रावेल वाहेका वाकीसवै सडक पिच छ । तर यो मार्ग अहिले वन्द रहेकोले अन्य मार्गको प्रयोग गर्नु वाध्यता भएको छ । सन् १९९२ वाट खुल्ला भएको मानसरोवर कैलास यात्रा पहिलेको भन्दा अहिले पर्यटकको संख्या वर्षैनी वृद्धि हुदै गएको तिव्वती गाइड दोर्जे लामा वताउँछन् । उनका अनुसार वार्षिक २० हजार भन्दा वढी पर्यटक भारत, भुटान, नेपाल, भेतनाम, रसिया लगायतका देशवाट जाने गर्दछन् । जसमा भारतीयहरुको संख्या सवैभन्दा वढी छ ।

मानसरोवर तथा कैलाश यात्राका लागि आफूहरुले सुविधाजन्य प्याकेजको व्यवस्था मिलाएको र वार्षिक सरदर १ हजारभन्दा वढी पर्यटकहरुलाई यात्रा गराउने गरिएको टच कैलासका सञ्चालक वासु अधिकारी वताउँछन् । यस कैलास, मानसरोवर यात्रा आफ्नो जिवनको सवैभन्दा महत्वपूर्ण र उपलव्धीमूलक यात्रा भएको, यसवाट आफू अत्यन्त खुशी रहेको यात्रामा सहभागि भारतीय टेलीभिजन पत्रकार शिला रावल वताउँछन् । तपाईहरु पनि गर्ने हैन त कैलाश, मानसरोवर यात्रा ? अरुलाईपनि सहभागी गराउन सेयर गर्नुहोस् ।