नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर, खाने होइन त ? आबेदन दिनुहोस |

काठमाडौंः नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आइतबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै सेनाले विभिन्न ट्रेडका प्राविधिक, पाईलट र लेखा अधिकृत लागि दरर्खास्त अव्हान गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७५ साउन २० देखि २०७५ भदौं १९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २५ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।