यस्तो सपना देखेमा तपाईंको मृत्‍यु छिट्टै हुदैछ भन्ने संकेत गर्छ , अबस्य पढ्नुहोला यी १० संकेतहरु…

यस्तो सपना देखेमा तपाईंको मृत्‍यु छिट्टै हुदैछ भन्ने संकेत गर्छ , अबस्य पढ्नुहोला यी १० संकेतहरु…मृत्युको बिचार सबैका लागि निकै भयानक हुने गर्दछ । मानिसहरुको अन्तिम यथार्थ भनेको मृत्यु नै हो । जो जन्मन्छ उसको मृत्यु निश्चित छ ।

मृत्युको बारेमा सबैभन्दा तनावपूर्ण कुरा भनेको मृत्यु पछि के हुन्छ भन्ने विषय हो । यहि कारणहरुले गर्दा मानिसहरु मृत्युदेखि निकै डराउने गर्दछन् ।

तर यसो भन्दैमा मृत्युमाथि विजय पाउन सकिँदैन । मृत्यु कसैलाई पनि खबर नगरी आउँछ र जब तपाईंको मृत्यु हुन्छ, तपाईंलाई यसको बारेमा थाहा नै हुँदैन । तर हिन्दु धर्मग्रन्थहरुमा यस्ता थुप्रै संकेतहरुलाई सूचिबद्ध गरिएका छन् जसबाट मृत्युले ढोका ढक्ढकाइरहेको बारेमा थाहा हुन्छ ।

मृत्युको संकेतहरुको प्रथम उल्लेख शिव पुरााणमा पाइन्छ । शिव पुराणका अनुसार एकपटक देवी पार्वतीले भगवान शिवसँग कसैको मृत्यु हुँदै छ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ भनेर प्रश्न गरिन् । उनको प्रश्नको उत्तर दिँदै भगवान शिवले मृत्युका १० संकेतहरुको बारेमा बताएका छन् ।

१. मृत्युको संकेत नम्बर

जब छालाको रङ पहेँलो अथाव सेतो हुन्छ जसमा हल्का रातो रङ देखिन्छ भने उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुनेछ ।

२. मृत्युको संकेत नम्बर

जब व्यक्तिले आफ्नो प्रतिबिम्ब ऐना अथाव पानीमा देख्न छाड्छ उक्त व्यक्तिको मृत्यु ६ महिनाभित्र हुने बताइएको छ ।

३. मृत्युको संकेत नम्बर

जब कुनै व्यक्तिले सबै कुरा कालो देख्न थाल्छ यो संकेतलाई व्यक्तिको मृत्यु नजिक भइरहेको भन्ने बुझ्नुपर्छ ।

४. मृत्युको संकेत नम्बर

यदि व्यक्तिको बाँया हात एक हप्तासम्म लगातार फर्फराइरहेको छ भने यसको अर्थ उक्त व्यक्ति एक महिनाको पाहुना भन्ने बुझिन्छ ।

५. मृत्युको संकेत नम्बर

यदि कोही व्यक्तिको संवेदनशील अंग ढुङ्गाजस्ता कठोर हुने गरेको छ भने उक्त व्यक्ति ६ महिनाभित्र मर्दैछ भन्ने संकेत हो ।

६. मृत्युको संकेत नम्बर

जब कोही व्यक्तिले चन्द्र, सूर्य र आगोबाट निस्कने प्रकाश देख्न छाड्छ भने उसको मृत्यु निकट छ ।

७. मृत्युको संकेत नम्बर

यदि कुनै व्यक्तिको जिब्रो अचानक सुन्निन थाल्यो भने पनि त्यस्ता व्यक्तिहरु केहि दिनका लागि मात्र जीवित हुने बताइएको छ ।

८. मृत्युको संकेत नम्बर

यदि मानिसले आकाशमा ध्रुव तारा देख्न छाडेमा यसको अर्थ उक्त व्यक्तिको मृत्यु अघिल्लो ६ महिनामा हुने बताइएको छ ।

९. मृत्युको संकेत नम्बर

जब कुनै व्यक्तिले सूर्य, चन्द्र र आकाशलाई रातो देख्न थाल्छ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुने बताइएको छ ।

१०. मृत्युको संकेत नम्बर

जब कसैले सपनामा उल्लु अथवा खाली वा नष्ट भएको गाउँ देख्छ भने उसको मृत्यु निकट छ भन्ने बुझ्नुपर्छ ।

यो पनि पद्नुहोस

महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।

अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ । सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

हाम्रोदेश बाट साभार