महिलाहरु सेक्स पछि चरमसुखका बेला कस्ता देखिन्छन् (हेर्नुस यी १५ तस्विरहरु)

एजेन्सी, भनिन्छ, एउटा तस्विरले हजार शब्द बयान गर्छ । तर, अहिले यतिबेला एउटा फोटो श्रृंखलाले कुनै विषयको बखान मात्र होइन, एउटा दरिलो सन्देश दिन खोजिरहेको छ । यौन अहिले पनि वर्जित विषय मानिन्छ । महिलाको हकमा त यसबारे खुलेर कुरै गर्न मान्दैनन् ।

यौनबारे महिलाको बुझाई, चाहना र आवश्यकतालाई लज्जाको विषय बनाइएको छ । महिलाको यौनिकताबारे यही संकिर्णता लाई चिर्न ब्राजिलियन फोटोग्राफर तथा चलचित्र निर्देशक मार्कोस अल्बर्टीले एउटा सेक्स खेलौना कम्पनी स्माइल मेकर्ससँग मिलेर एउटा फोटो श्रृंखला तयार गरेका छन् । यसको नाम ओ प्रोजेक्ट राखिएको छ ।

अल्बर्टीले विभिन्न जात, समुदाय, उमेर समूह र राष्ट्रियताका २२ महिलाहरुको तस्विर कैद गरेका छन् । यसमा उनले महिलाहरुको ‘आनन्दका चार चरण’ प्रस्तुत गरेको बताएका छन् । जसमा चरमसुख अघि, हस्तमैथुन गरिरहँदा, चरमसुख प्राप्त गर्दा र चरमसुख प्राप्त गरेपछिको तस्विर समावेश गरिएको छ ।

यद्यपि, यसका लागि महिलाहरुलाई मनाउन भने सजिलो थिएन । अल्बर्टी सम्झिन्छन्, ‘महिलाहरुले ममाथि भरोसा गरुन् भनेर मैले त्यस्तै वातावरण बनाउन जरुरी थियो ।’

यो प्रोजेक्टको एउटै उद्देश्य थियो । महिलाहरुलाई आफ्नो यौनिकतामा नियन्त्रण राख्न सक्षम बनाउनुपर्छ । ‘यौन सुख प्राप्त गर्नु वा महिलालाई खुसी बनाउन कुनै लज्जाको विषय होइन,’ स्माइल मेकर्सका ग्लोबल ब्रान्ड म्यानेजर फान याङ भन्छिन् ।