के तपाईंको स्मरण शक्ति अत्यन्तै कम्जोर छ ? दिमाग तेजिलो बनाउने प्राकृतिक उपाय

मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका खेल्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी गम्भीर समस्या बनेको छ ।
औषत सम्पूर्ण मानिसको स्मरणशक्ति एकैनास हुन्छ । तर पनि कारणवश स्मरणशक्ति कम हुने समस्या बन्ने गर्दछ । स्मरणशक्तिलाई छोटो स्मरण तथा लामो स्मरण गरी दुई भागमा विभाजन गर्न सकिन्छ । छोटो स्मरणशक्ति कम अवधिमै स्मृतिबाट हट्छ भने लामो स्मरणशक्ति चिरकालसम्म मानसपटलमा सुरक्षित रहन्छ ।

असल आहार र नियमित व्यायामले स्मरणमा ठूलो भूमिका खेल्छ । स्वस्थ जीवनशैली स्मृतिशक्तिमा सुधार ल्याउन मद्दत गर्दछ । आयुर्वेदिक पद्घतिले स्मृतिशक्ति बढाउन असल तरिका हो । सबै मस्तिष्कभित्र रचनात्मक एवं उत्पादकत्व क्षमता हुन्छ । यसको पूरकको रुपमा आयुर्वेदिक पद्घति र जडिबुटिको सहायताले राम्रो लाभ पु¥याउँछ । सक्रिय स्मृति वृद्घि तथा दिमागमा नशाको पोषणको रुपमा आयुर्वेदिक जडिबुटी एवं औषधिले सुरक्षा गर्दछ । एकाग्रताको कमी पनि स्मरणशक्तिको बाधक तत्व हुनसक्दछ । तनावग्रस्त, अव्यवस्थित खानपान र जीवनयापनले मानव स्वास्थ्यमा शारीरिक एवं मानसिक असर पारिराखेको छ । त्यसको फलस्वरुप मस्तिष्क एवं नाडिवह संस्थानमा रहेको प्रभावले स्मरणशक्तिमा आएको ह«ास अनौठो होइन ।

कारण

कुनै कुराको रुचीको अभाव, समायोजित ढंगले काम नगर्नु, काममा असन्तुष्टी, काममा पूर्ण इच्छा नहुनुु, बारम्बार चिन्तित हुनु, नशालु पदार्थ सेवन, शारीरिक एवं मानसिक रोग, उमेरका कारण, मस्तिष्कको हर्मोन घट्नु, धेरै मैथुन गर्नु, पौष्टिक पदार्थको कमी, जन्मजात विकृती, टाउकोमा आघात, शारीरिक एवं मानसिक थकान एवं वोझ, अनिद्रा, ज्यादा चिन्ता, क्रोध, रजोनिवृति आदि ।

लक्षण

लामो समयसम्म स्मरण गर्न असमर्थ, पढेलेखेको अथवा देखेको चिज या वस्तु सम्झन नसक्नु । मानसिक थकान, अरुची, आलस्य, कमजोरी, निराश, बेचैनी डर एवं चिन्ता हुनु ।

विभिन्न घरेलु उपचार

अमला भिटामिन सी को राम्रो श्रोत हो र स्मरणशक्तिका लागि पनि उपयोगी छ । ताजा अमला, सर्बत, मुरब्बा सुकाएर पनि सेवन गर्न सकिन्छ । दैनिक ५–१० वटा बदाम १ गिलास दूधमा डुबाएर राख्ने र नित्य सेवन गर्ने । आधा चम्चा जिरा र मह समभाग दैनिक सेवन गर्ने । फोस्फोरस तत्व स्मरणको लागि उत्तम मानिन्छ त्यसैले स्याउ, अङ्गुर, सुन्तला, आँप, लिची, जामुन, स्ट्रवेरी, नरिवल, गाँजर जस्ता फलफूल ज्यादा सेवन गर्ने । दैनिक रुपमा शिरमा तेलको प्रयोग गर्ने र सम्भव भए हल्का मालिस गर्ने । तेलमा ब्राम्ही तेल, शंखपुष्पि, क्षीरवला अथवा तोरीको तेल, तिलको तेल पनि प्रयोग गर्न सकिन्छ ।

के खाने ?

पौष्टिक, सूपाच्य, शाकाहारी सन्तुलित भोजन समयमा सेवन गर्ने । आयुर्वेद शास्त्र अनुसार शाकाहारी, सात्विक भोजन स्मरणका लागि राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा–मासु, दूध, अण्डा जस्ता पौष्टिक पदार्थ सेवन गर्ने । फलमा स्याउ, सुन्तला, अनार, गाँजर, जामुन जस्ता फलफूल ज्यादा सेवन गर्ने । बिहान–बेलुका अमलाको सर्बत एवं मुरब्बा खाने र खानापछि तिल र सख्खरको लड्डु खाने । मख्खन, मिश्री र मरिच मिलाएर सेवन गर्ने । एक गिलास दूध नियमित सुत्नु अघि पिउने ।

के नखाने ?

भारी, भुटेको, तारेको, ज्यादा अमिलो पिरो, मसालादार नखाने । चिया, कफी, रक्सी, चूरोट, आदि पटक्कै सेवन नगर्ने । नशालु पदार्थ भाङ्ग, गुट्खा, अफिम, गाँजा आदि नखाने । मुसुरो र मासको दाल नखाने ।
रोकथामको उपाय

के गर्ने ?

सधैं बिहान बेलुका खुल्ला हावामा घुम्न जाने । व्यायाम अथवा शारीरिक कसरत नियमित गर्ने । सबै कुरालाई एकाग्रता तथा रुचीले गहनताका साथ लिने । पर्याप्त आराम गर्ने र रात्री समयमा सुत्ने । याद राख्न गा¥हो विषयलाई सूत्र बनाई सम्झन प्रयास गर्ने ।

के नगर्ने ?

एक पटकमा सबैकाम एकसाथ नगर्ने । दिनको समयमा नसुत्ने र राति ढिलासम्म नबस्ने । अनुपयोगी, अनावश्यक कुराहरु मनमा नखेलाउने । अनुपयोगी वस्तुमा ध्यान नदिने र ज्यादा मैथुन नगर्ने । कुनै कुरामा ज्यादा चिन्तित नहुने ।

मानसिक अभ्यास

स्मरणशक्तिलाई ताजा राख्न मानसिक कसरत पनि जरुरत हुन्छ । मानसिक अभ्यासमा पढ्ने, लेख्ने र वर्णन गर्ने बानी गर्नुपर्दछ । कुनै विषयमा अध्ययनपछि त्यसलाई सम्झन प्रश्नोत्तर शैली तथा आलोचनात्मक तरिका अपनाउनु राम्रो हुन्छ । चेस, क्रस वर्ड, पजल जस्ता अभ्यास आदि गर्नाले पनि मस्तिष्कलाई कसरत हुन्छ र स्मरणशक्ति वृद्घि गर्दछ ।

शारीरिक व्यायाम

स्मरण भनेको हाम्रो मांसपेशी जस्तै हो जसलाई ज्यादा ख्याल गर्नुपर्दछ । शारीरिक तन्दुरुस्तका साथै दिमाग स्वस्थ्य राख्न पनि व्यायाम लाभदायी छ । दिमागमा रक्तसञ्चारको वृद्घिले पोषकतत्वको परिपूर्ति ज्यादा हुन्छ र मस्तिष्क सन्तुलन कायम गर्दछ । केबल २० मिनेट दैनिक व्यायाम गर्नाले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्न सकिन्छ ।

योग अभ्यास

नियमित योग अभ्यासले स्मरणशक्तिको वृद्घि गर्न टेवा पु¥याउँछ । योग÷प्राणायामले रक्तसञ्चार राम्रो तुल्याउँछ , मस्तिष्कमा ताजा अक्सिजनको मात्रा बढाउँछ र मस्तिष्कका तन्तुलाई ताजगी बनाउँछ । दैनिक ध्यान, पूजा, अर्चना साथ योग अभ्यासले मस्तिष्कको क्षमता र स्मरणशक्तिमा वृद्घि हुन्छ । उपयोगी आसनहरुमा सूर्य नमस्कार आसन, सवासन । प्राणायाममा कपालभाती, भ्रामरी प्राणायाम, अनुलोम विलोम

आयुर्वेदिक उपचार

आयुर्वेदअनुसार स्मरणशक्तिको कमीलाई स्मृति नाश भनिन्छ । प्रायजसो वात एवं कफदोषको प्रकोपले स्मरणशक्तिमा कमी आउँछ । वातको मुख्य कर्म नशा एवं नाडीवह संस्थानलाई सञ्चालन गर्नु, पित्त दोषको कर्म तेज दिमाग, सोच्ने शक्ति र मनमा स्पष्टता ल्याउनु र कफ दोषले मष्तिस्कबाट सूचना नशाको माध्यमबाट शरीरभर पु¥याउनु हो । खानपान, जीवनशैली र वातावरण परिवर्तनको कारण दोषज विकृतीले स्मरणशक्तिमा ¥ह«ास आउँछ । आयुर्वेद चिकित्साअनुसार शारीरिक एवं मानसिक दोषको सन्तुलनले स्मरणशक्ति कायम हुन्छ । त्यसका निम्ति आयुर्वेद विज्ञानमा विभिन्न खालका चिकित्सा सूत्र, औषधि आदिको वर्णन गरिएको छ ।

उपयोगी जडिबुटी

ब्राम्ही, अश्वगन्धा, वोझो, शंखपुष्पी, जेठीमधु, गुडुची, जिङ्गको, घोडताप्रे, भृङ्गराज, जटामसी