आफ्नै मृत्युको प्रमाणपत्र बोकेर कार्यालय धाउदै रामसेवक , भन्दैछन म जिउदो छु हेर्नुहोस भिडियो

तपाइँलाइ सुन्दा अचम्म लाग्ला। तर रामगोपालपुरका रामसेवक यादव माथि अचम्मको घटना भएको छ । उनी अहिले आफु जिउदो भएको प्रमाणित गर्न आफ्नै मृत्युको प्रमाणपत्र बोकेर सरकारी कार्यालय धाइरहेका छन् । ठमठम हिँडेर सरकारी कायालय धाइरहेका राम सेवकलाई आफु जिउदो भएको प्रमाण चाहिएको छ। सरकारी कार्यालय पुगी उनि आग्रह गर्छन , ‘म मरेको छैन हजुर जिउँदो छु भन्ने प्रमाणपत्र बनाइदिनु पर्‍यो ।’सुन्दा अचम्म लाग्ने यस्तो घटना सायदै हामिले सायदै सुनेका छौ । आखिर जिउदो हुदा हुदै पनि किन उनि आफु मरेको प्रमाण पत्र बोकेर हिडिरहेका छन्। किन र कसले उनि मरेको प्रमाण पत्र बनाइदियो।

रामसेवक ले २६ वर्षको उमेरमा नागरिकता लिएका थिए । अहिले उही नागरिकता सहित आफ्नै मृत्युदर्ताको फोटोकपि बोकेर कहिले जिल्ला प्रशासन कार्यालय त कहिले गाँउपञ्चायत धाइरहेका हुन्छन । रामगोपालपुर नगरपालिका वडा नम्बर २ खोपीका ५८ बर्षीय रामसेवकले अझै सम्म पनि न्याय पाएका छैनन् । आफु जिउदो हुदा हुदै पनि मरेको प्रमाणित हुदाको पिडा कस्तो हुन्छ भन्ने त उनलाई जति थाहा अरु कसलाई पो होला।रामसेवकको २०६८ सालमा नै ४८ वर्षको उमेरमा मृत्यु भएको भनि दर्ता भएको रहेछ। उमेर छँदै कामका लागि भारत पसेका उनि लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि उनका परिवारले भारतमै मृत्यु भएको शंका गर्न थालेछन । उनका आफन्तले निवेदन दिएर तत्कालिन खोपी गाबिस कार्यालयमा रामसेवकको मृत्यु दर्ता गरेका रहेछन।

२६ बर्ष पछि उनि अचानक घर फर्किए । फर्कदा न त् उनको घर थियो, न श्रीमती नै । बर्षौ भारतमै रमाएका उनलाई श्रीमतीले छोडेर हिडिसकेको थियो। कामको सिलसिलामा २६ बर्ष भारतको पञ्जावमा रहदा आफ्नो मृत्यु दर्ता गराएर सौतेनी आमाले सबै सम्पत्ति बेचि खाएको राम सेवकले आरोप लगाएको छ।भएको सम्पति पनि मृत्यु प्रमाणित गरेर अरु खाइसकेको रामसेवकको अहिले उनको न बास छ न परिवार नै। छ त उनि संग मात्र मृत्यु प्रमाण पत्र। आखिर कारण जे भएपनि बेलामा विचार नपुर्याउदा उनको जिबन तहस नहस भएको छ। जिउदो हुदा हुदैपनि आफू जिउँदो रहेको प्रमाणित गर्न सरकारी कार्यालय धाइरहेका उनले आफु जिउदो भएको प्रमाणित गर्न सक्लान ? त्यो त समयले बताउला