केटी फसाउने चर्तिकला,अमेरिकामा जन्मेको,२ओटा पानिजहाज,काठ्माण्डौमा घर तर बास्तबिकता यस्तो (भिडियो )

तपाइहरुले किसिम किसिमको ठग देख्नु भाको होला तर अहिले सम्म यस्तो ठुलो गफ दिएर अरुलाई प्रलोभन मा पर्ने ठग सायदै देख्नु भाको होला। यी ब्यक्ति आफुलाई आफु अमेरिका मा जन्मेको भन्छ , उनि संग २ ओटा पानि जहाज छ रे, काठ्माण्डौको बालुवाटारमा घर छ रे , बाउ पाइलट र आमा डाक्टर छ भन्छ, उनको नेपालकै ठुलो हाइद्रोपावर प्रोजेक्ट छ भन्छ। अझ रबि लामिछाने त् मेरै साथी समेत भन्छ। तर यो सबै गफ मात्र , गफ पनि कति ठुलो ठुलो दिन सकेको पत्याइनसक्नु।यो सबै गफ दिएर फसाउने व्यक्ति हुन् रामेछापका हिरावहादुर सुनुवार जसले हुने नहुने गफ दिएर सिन्धुलीकी २० बर्षकी सदिक्षा सुनवारलाई फसाए। यी दुवै बीच फेसकुकमा २०७३ साल देखि सम्पर्क भयो । पछि फोनमा समेत कुरा हुन थाल्यो ।

पछि युवती ले आफ्नो परिवार लाइ सम्पूर्ण कुरा राखिन तर मलेसियामा रहेका उनका दाजुलाई यो कुरामा कत्ति पनि बिश्वास लागेन। पछि बहिनि गलत मान्छेको फन्दामा परेको भन्दै उनि बहिनि लाइ सम्झाउन नेपाल आए।दाजु अनिलले त्यो व्यक्ति हिरा बहादुरको सम्पूर्ण कुरा खोज तलास गर्न थाले। बहिनीलाई हिरावहादुर गलत मान्छे भएको भनि सम्झाए तर बहिनि सदिक्षाले आफ्नै दाजु प्रति बिस्वास गरिनन्। अन्तिम उपाए का लागि दाजु बहिनीलाई बिस्वास दिलाउन रबि लामिछानेको सिधा कुराको कार्यालयमा लगे र हिरा बहादुर लाइ बोलाइयो।कायालयमा हिराबहादुरलाइ सोधपुछ गरियो , सुरुमा त् उनले झुट नै झुट बोलिरहे। तर उनको झुट धेरै बेर चलेन। अमेरिका जन्मेको भन्ने हिरा बहादुरले अमेरिका देखेका सम्म पनि रहेनछन् ।

सदिक्षालाइ फसाएर उनि संग मायाको जाल बुनेर खेल वाद गरिरहेका थिए जुन उनका दाजु अनिलले पर्दाफास गरिदिए। जुन देख्दा सुन्दा सदिक्षा भक्कानिएर रुन थालिन। दाजु अनिलकै कारण माया जालमा हुदै गरेको खेलवाद ले कुनै ठुलो घटना हुन् पाएन।अथाह सम्पति छ , पानि जहाज छ , घर छ , हाइद्रोपावर छ , बाउ पाइलट आमा डाक्टर छ भने हिरा बहादुर त् आखिर गार्मेन्टमा काम गरेर परिवार पाल्ने मान्छे पो निस्के। सोझी केटि देखेर सदिक्षासँग मायाको जालमा पारि पैसा समेत लिसकेका रहेछन जुन पछि हिरा बहादुरले फिर्ता समेत गर्नु पर्यो । दाजु अनिलकै कारण सदिक्षालाई माया जालमा पारेर हिरा बहादुरले गरिरहेको खेलवादको पर्दाफास भयो जसले गर्दा भबिस्यमा हुन् सक्ने कुनै ठुलो घटना हुन् पाएन।