क्यान्सराबाट ग्रसित सोनाली बेन्द्रेको स्वास्थ्य अवस्था झन जटिल बन्दै

केहि समयदेखि क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेकोे अवस्था दिनदिनै जटिल बन्दै गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

उपचारको लागि न्युयोर्कमा रहेकी सोनालीलाई हाइ ग्रेड क्यान्सर भएको थियो । उपचारको लागि उनले आफ्नो कपाल समेत काटेकी थिइन् ।

क्यान्सरसँग लडिरहेकी सोनाली गम्भिर अवस्थामा पुगेको खबरले उनका फ्यान तथा आफन्तहरु दुखि भएका छन् । यतिबेल उनका फ्यानहरु सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

र यो पनि
नेपालमा रहेका उत्तर कोरियाली प्रहरीको निगरानीमा

काठमाण्डु, १४ साउन– नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार/व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

न्ययोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल रेस्टुरेन्ट लगायतका ब्यापार व्यवसाय तथा संलग्न कर्मचारीको विवरण पेश गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कारोबार दैनिकबाट