ईमान्दारीताको उदाहरण – फेवातालमा भेटिएको पैसा काठमाडौं आएरै फिर्ता गरीयो पूरा पढ्नु होस ।

काठमाडौं । भनाई छ पैसा देखेपछि महादेवको पनि तिन नेत्र खुल्छ भने मानिस पनि पैसाको पछि त्यत्तीकै लागी परिरहेको भेटिन्छ । पैसाकै लागि चोरी डकैति मार पिट जस्ता कैयन घटनाहरु घटिरहेका हुन्छन् । तर पोखराका महेन्द्रमान पालीखे जो पेशाले फोटोग्राफर हुन् उनी ईमान्दारीताको एक उदाहरण बन्न सफल भएका छन् ।

पाटनका शालीग्राम दास मुल्मी करीव एक महिनाअघि आफ्नो छोरासँग पोखरा घुम्न गए त्यसैबिचमा उनले तालबाराही परिसरमा पैसा भएको पर्स हराए उनी पर्स नभेटिईकनै काठमाडौं फर्किए ।उता महेन्द्रमान जव फोटो खिच्ने ध्याउन्नमा लाग्दै थिए उनले पर्स भेट्टाए पर्समा ५ हजार २० रुपैयाँ थियो उनी आत्तिंदै कसको पर्स हो यो भन्दै कराउन थाले धेरै बेर सम्म पर्स धनी खोज्दा पनि नभेटिएपछि उनले आफैं सँग राखे ।यस्तैमा जव उनले भेटिएको पर्सको धनि कान्तिपुरका पत्रकार जनक सापकोटाको सहयोगमा पाटनका शालीग्राम दास मुल्मी हुन् भन्ने पत्ता लगाए महेन्द्रमान शालीग्रामलाई भेटेरै उनको नासो बुझाउन आतुर भए ।

त्यसको एक सातापछि महेन्द्रमान आफ्नी श्रीमती सहित पोखराबाट शालीग्रामको पैसा बुझाउन काठमाडौं हुँइकिए । काठमाडौंमा उनले शालीग्राम दास मुल्मीलाई भेटे र उनको पैसा सहितको पर्स बुझाईदिए ।करीव एक महिना अघि हराएको पर्स भेट्टाउँदा शालीग्राम ‘यो युगमा पनि यस्तो ईमान्दार मानिस हुँदो रहेछ मैले त आशै मारीसकेको थिएँ’ भन्दै हर्षीत भए ।

त्यसो त हराएको सामान भेटेर दिएको यो महेन्द्रमानको पहिलो पटक होईन यस अघि पनि महेन्द्रमानले धेरैको मालसामान भेटेर फिर्ता गरीसकेका छन् ।उनी भन्छन् ‘अर्काको पैसा खानु हुन्न ईमानमा टिक्न पर्छ,मलाई यो संस्कार मेरो बुबाले दिनुभएको हो।’

महेन्द्रमान यसरी हराएको पैसा फिर्ता गर्न पाउँदा शन्तुष्ट देखिन्थे भने शालिग्राम महेन्द्रमानको ईमान्दारीतामा नतमस्तक निःशब्द रहिरहे ।