आखिर किन ? आफ्नै बुवाले १६ वर्षिया समिक्षालाई ज्युँदै जलाएर मारे ? रहस्य भित्रको रहस्य एस्तो छ [भिडियो हेर्नुहोस ]

उनि भर्खर १५ पुगेर १६ मा पाईला टेकेकी किशोरी थिईन् । कक्षा १० पढ्दै गरेकी उनकी आमा श्रीमानले अर्को विवाह गरेपछि सम्वन्ध विच्छेद गरेर हिँडेकी थिईन् । वावुले अर्को विवाह गरेकी श्रीमती पनि अहिले विदेशमा छन् ।हजुरवुवा हजुरआमा, फुपु र सौतेनी आमाको छोरा भाई घरमा रहे पनि त्यस परिवार भित्र उनको सम्वन्ध खासै राम्रो थिएन । यहि क्रममा असार ९ गते विहान करिव ३ वजेको समयमा उनि घरमै जलेको अवस्थामा फेला पर्छिन । त्यस पछि वुटवल हुँदै विभिन्न अस्पतालमा पुराईन्छ । तर उनको बाँच्ने अवस्था नरहेकोले उनको असार २० गते मृत्यु भएको थियो ।उनी थिईन् रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्वर ५, पिपरचाँपाकी १६ वर्षिया किशोरी समिक्षा ठकुरी । भिडियो हेर्नुहोस