डा. केसीको समर्थनमा अस्पतालमै बिरामी पक्ष र डाक्टर बीच हानाहान !(भिडियो सहित)

काठमाडौं । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा त्रिपक्षीय भिडन्तको अवस्था देखिएको छ ।

उपचारका लागि आएका सर्वसाधारण, आन्दोलनरत चिकित्सक र अस्पताल प्रशासनबीच भिडन्तको अवस्था देखिएको हो ।

यहाँ सर्वसाधारणले उपचार पाउनुपर्ने माग गरेका छन् भने चिकित्सकहरुले आन्दोलन रहेको बताएपछि विवाद देखिएको हो।

नेपाल चिकित्सक संघले आजबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको थियो ।

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको र वार्ता पनि केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने प्रयासमा केन्द्रित रहेको भन्दै संघले सेवा बन्द गर्ने घोषणा गरेको हो ।

संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र काठमाडौं उपत्यकामा दिउँसो १ बजे माइतीघर मण्डलामा चिकित्सकलाई भेला हुन समेत आग्रह गरेको थियो ।

तर यसैबीच त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा त्रिपक्षीय भिडन्तको अवस्था देखिएको छ ।

हेर्नुस भिडियो :