पोखराबाट आयो दुखद खबर , ३ हप्तापछी भेटिए वरिष्ठ अधिकृत ओमराज पौडेल…

पोखराबाट आयो दुखद खबर , ३ हप्तापछी भेटिए वरिष्ठ अधिकृत ओमराज पौडेल…

पोखरा : असार ९ गतेबाट सम्पर्कविहीन पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलको सेतीनदी किनार भीमादमा आज मृत अवस्थामा भेटिएका छन् । भीमाद ६ सेतीनदी किनारमा शव भेटिएको र आफन्तले पहिचान गरेको कास्की प्रहरीले जनाएको छ । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए ।

बिहान घरबाट मर्निङ जान्छु भनी निस्केका पौडेल आइतबार बेलकासम्म पनि घर फर्केका छैनन् । उनी बेपत्ता भएको खबरपछि प्रहरीले सेती किनार आसपासमा खोजी थालेको छ ।कास्की प्रहरी र रेस्क्यु टोलीले दिनभरी सेती किनारमा खोजी गरेको थियो ।

महानगरको सामाजिक विकास महाशाखामा वरिष्ठ अधिकृतको रुपमा कार्यरत पौडेल बेपत्तापछि परिवारका सदस्य भावबिहल थिए ।