मध्यरात हुन लाग्दा : सप्तकोशी नदीबाट आयो यस्तो डरलाग्दो खबर

मध्यान्हबाट बहाव बढ्ने क्रम सुरुभएसंगै अहिले कोशीको पछिल्लो मापन १ लाख ६८ हजार ६५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा हुँदा त्यसको प्रभाव कोशी नदीमा पर्ने गर्दछ । नदीको बहावले डेढ लाखको आंकडा पार गरेपनि खतरा भने नरहेको सुनसरी प्रशासनले जनाएको छ ।

बहावले १ लाख ५० हजारको मापन पार गरेपछि ब्यारेज पुलमा एउटा रातो बत्ति बालिएको छ । तीनवटा रातो बत्ति एकसाथ बलेपछि मात्र पूर्ण खतरा मानिन्छ ।

सन् २०१७ मा कोशी नदीमा देखीएको पानीको डरलाग्दो बहावको भिडियो तल हामीले प्रस्तुत गरेका छौं । भिडियो हेर्नुहोला ।