बेलायतबाट फर्किदा भारतमा जङ्ग बहादुरलाई हेर्न ३ लाख मान्छे, नेपालको शिर उच्च राख्ने दुर्लभ भिडियो

श्री ३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे ”मलाई कती तोपको सलामी दिनुहुन्छ ?” उताका दुतले भने, “भारतका कार्यकारीणी/राजाहरु जाँदा ६-७ तोपको सलामी दिने चलन छ, हजुरलाई पनि तेती नै दिन्छौँ । ”

जङ्ग बहादुर कड्किए, म एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँ, तिम्रो उपनिवेशको एउटा पुतली प्रमुख होइन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न । पछी बेलायतले उन्लाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारीको हैसियतमा राजकिय सम्मान दियो ।

यात्रा कै क्रममा उन्लाई बेलायत सरकारले १७ लाख पाउण्ड अनुदान दिन खोज्दा उनले “हामी सनातन धर्म मान्ने नेपाली , लिने हैन दिने जात हो” भनेर अनुदान लिन मानेनन । बेलायतबाट फर्किदा भारतमा जङ्ग बहादुरलाई हेर्न ३ लाख मान्छे जम्मा भएका थिए रे । यो हो हाम्रो गौरवसाली ईतिहास !