कुन यौन आसन बढी खतरा, शारीरिक सम्पर्क राख्दा यौन अंग भाँचिने समस्यामा अनुसन्धान

शारीरिक सम्बन्ध राख्दा सर्वाधिक प्रयोगमा आउने महिला तल र पुरुष माथी हुने आसन यौन दुर्घटना बढी हुनेमा दोस्रो रहेको कुरा हालै चिकित्सकहरुले आफ्नो अनुसन्धानको प्रतिवेदन इन्टरनेसनल जर्नलमा प्रकाशित गर्दै जानकारी दिएका छन् ।

यौन दुर्घटनामा चिकित्सकहरुले पुरुष ज्ञानेन्द्रिय भाँचिने घटनालाई मुख्य आधार बनाएर अनुसन्धान गरेका थिए । जसमा कुकुरको शैलीमा राखिने शारीरिक सम्बन्धको बेला ४१ प्रतिशत पुरुषहरुको लिंग भा्रँचिएको पाईएको उक्त प्रतिवेदनमा प्रकाशित भएको छ । उनीहरुका अनुसार सर्वाधिक जोखिम रहेको यौन आसन भनेर यसलाई उल्लेख गरिएको छ ।

मिसिनरी पोज ( महिला तल पुरुष माथी) रहेर राखिने यौन सम्बन्धको बेला २५ प्रतिशत पुरुषहरुको लिंग भाँचिएको घटना दर्ता भएको थियो भने त्यसपछिको यौन आसनमा पुरुष तल र महिला माथी रहेर गरिने यौन आसन रहेको छ । यो आसन तुलनात्मक रुपमा अघिल्लो दुई आसन भन्दा बढी सुरक्षित रहेको जनाइएको छ ।
शारीरिक सम्बन्ध राखिने बेलामा सर्वाधिक लोकप्रिय आसनको रुपमा रहेको कुकुरको जस्तो आसनमा शारीरिक सम्बन्ध राख्दा कम्मरको हड्डी भाँचिने समस्याहरु पनि देखिएको जनाइएको छ ।

यो अनुसन्धानको रिपोर्टको वारेमा प्रख्यात यौन बिषयकी लेखिका ट्रेसी कोक्स पनि केही कुरामा सहमत छिन् । उनका अनुसार यौन आनन्दको बिषय भएको कारण यसलाई सुरक्षित र आनन्ददायी ढंगले गर्न नसकेमा जुनसुकै आसनमा पनि दुर्घटना हुन सक्छ । त्यसैले सावधानी पूर्वक आनन्द लिनु नै यौनको ठुलो खुवि हो ।कुन यौन आसन बढी खतरा, शारीरिक सम्पर्क राख्दा यौन अंग भाँचिने समस्यामा अनुसन्धान