काठमाडौ मेयर बिद्यासुन्दर शाक्यको अर्को कर्तुत ! महँगि बढेको भन्दै बढाए आफ्नै तलब ..

काठमाडौं, २८ असार । काठमाडौं महानगरकाले यसअघि प्रदेश ३ काे सरकारद्वारा निर्धारित यहाँका जनप्रतिनिधिकाे तलब कम भएकाे भन्दै बढाउन प्रस्ताव गरेकाे छ ।

महानगरका जनप्रतिनिधिहरुले तलव-सुविधा थोरै भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले देशमा पछिल्लाे समय महंगी बढेकाे र साेअनुसार तलमा दिन नसकेकाे भन्दै प्रदेश सरकारकाे अालाेचना समेत गरेका छन् । न्युज२४ नेपालमा खबर छापिएको छ ।

काठमाडौं महानरपालिकाको परिषद बैठकले महानगरपालिकाका प्रमुख (मेयर)काे न्युनतम तलब ५५ हजार पुर्याउन प्रदेश सरकारलाई प्रस्ताव गरेको हो । साथै सबै जनप्रतिनिधिको सेवा सुविधा वृद्धि गर्न अाग्रह गरिएकाे छ ।

प्रदेश सरकारले तोकेको तलब सुविधाअनुसार हाल महानगरका मेयरले मासिक ४६ हजार तलब मात्रै बुझ्दै अाएका छन् । यसमा भत्ता लगायत अन्य अतिरिक्त सुविधा अलग्गै हुन्छ । तर याे कम भएकाे भन्दै महानगरले मेयरकाे तलब ५५ हजार पुर्‍याउन माग गरेको हाे । त्यस्तै उपमेयरको तलब अहिले ४० हजार २ सयबाट बढाएर ४८ हजार बनाउन प्रस्ताव गरिएको छ ।

महानगरपालिका भित्रका सबै वडाध्यक्षको न्युनतम तलब पनि ४० हजार पुर्‍याउन प्रस्ताव गरिएकाेको छ । हाल वडाध्यक्षहरूकाे तलब २८ हजार ताेकिएकाे छ ।

क्रोएसियाको त्यो लुरे केटो जस्ले गृहयुद्धमा आफ्ना ६ जना आफन्त गुमाएका थिए, त्यहि लुरेले सारा संसार हल्लाईदियो विश्वकपबाट

काठमाण्डौं- तस्वीरमा देखिएकाे लुरे केटाे एउटा शरणार्थी हाे, जाे बारूदकाे बिचमा हुर्कियाे । क्राेसियाकाे स्वतन्त्रताकाे गृहयुद्धमा उसका अाफ्रनाे बाजे र छ जना अाफन्तहरूलाइ गाेली हानेर मारियाे ।

उनकाे अाफ्रनाे पूर्खाैली घर जलाइयाे । उनीहरू हाेटलमा बस्न बाध्य भए । हाेटलमा बस्दा त्यहाँकाे पार्किङ लटमा बसेर फुटबल खेल्याे । बमकाे अावाजलाइ फुटवलकाे नशाले भूल्ने काेशिस गर्याे । असहज परिस्थितिसँग जुद्दै अाज विश्वकपकाे रंगमन्चमा फुटवलकाे जन्म भएकाे देश वेलायतलाइ संसार कै सबैभन्दा ठूलाे फुटवल प्रतियाेगितामा धुलाे चटाउने टिमकाे नेतृत्वकर्ता बन्याे ।

लुरे केटाे अर्थात क्राेसियाली फुटवलकाे क्याप्टेन लुका माेड्ररिक । लुकाले अाज जित पछि भने वेलायतका पन्डित र विश्लेषकहरूले मिडियामा हामीलाइ साह्रै हेपे, कमजाेर ठाने, हामीले त्याे सबै पढिरहेका थियाै, त्याे नै अाजकाे जितकाे लागि सबैभन्दा ठूलाे प्रेरणा थियाे । जिराेबाट उठेर हिराे बनेका यस्ता मान्छेहरूकाे कथा पढ्दा साच्चै भावुक भइदाे रहेछ । वाह ! भन्न मन लाग्ने रैछ ।