बलात्कारीसँगै यूवतीको प्रेम र विवाह, विवाह पछि भने श्रीमान जेल चलान

पंजाव, २८ असार– पंजावको मेगा भन्ने ठाउँमा एउटा अनौठौ घटना बाहिर आएको छ । घटना सुनेर जोकोही हैरान छन् । घटना अनुसार २०१३ मा एक नावालक केटाले नाबालिक केटीलाई बलात्कार गर्दछन् । यो घटनामा पीडित केटीका बुवाले आरोपीत केटा विरुद्घ मुद्दा दर्ता गर्दछन् र प्रहरीले केटालाई तत्काल गिरफ्तार गर्दै अनुसन्धान सुरु गर्दछ ।

केही समयमा आरोपित केटा जमानतमा छुड्दछ र आरोपित केटा केटीको घरमा गई आफ्नो गल्तीको लागि बारबार माफि माग्दछ । यसपछि केटा र केटी दुबै मिल्न थाल्दछन् र उनीहरु बीच गहिरो प्रेम सम्बन्ध चल्दछ । प्रेम सम्बन्धकै कारण यी दुबैले सन् २०१७ मा कोट म्यारिज समेत गर्दछन् ।

अहिले यी दुबैको एउटा छोरा समेत छ । तर केटाको बुवाले २०१३ मा दर्ज गरेको बलत्कारको मुद्दाको बुधबार फैसला भएको छ । ।श्रीमान्को पक्षमा कयौं पटक केटीले अदालतमा दिएको बयानलाई अदालतले स्विर्कान अस्विकार गर्दछ । अदालतले बुधबार ५ बर्ष पुरानो उक्त घटनाको फैसल्ला गरेको छ ।

अदालतले केटालाई बुधवार ७ बर्ष र ५ हजार कैद सँजाए सुनाएको छ । आफ्नो श्रीमानको पक्षमा केटीले लाखौं प्रयास गर्दापनि अदालतले उनको सबै दलिललाई सुनेन । अन्तत केटा दोषी ठहर भएको छ र कानून अनुसार जेल चलान भएको छ ।