बाढीले घरबार बिहिन बनायो तर एउटा यति बहुमूल्य चीज भेटियो कि खुसीको सीमै रहेन

एजेन्सी। अमेरिकाको टेक्सासमा एक दम्पत्तीको घर तुफानले बर्बाद पारिदियो । तर, त्यही बर्बाद भएको घरमा यतिसम्म बहुमूल्य चीज भेटियो कि यो जोडीको खुसीको ठेगान छैन । उनीहरुलाई घर बर्बाद भएको दुःख त छदै थियो तर त्योभन्दा बढी खुसी त्यो बहुमूल्य चीज भेटिँदा भएको हो ।

खासमा भएको के भने जस्टिन ड्युक र एरियलको भर्खरै बिहे भएको थियो । तर केही दिन पहिले एरियलको बहुमूल्य इंगेजमेण्ट रिंग र वेडिङ रिंग हराएको थियो । उनीहरुले ती दुई औंठी निकै खोजे तर भेटाउन सकेनन् । औंठी हराएपछि एरियल निकै दुःखी भएकी थिइन् । त्यसपछि उनीहरुले औंठीको फोटो फेसबुकमा पोष्ट गरेर खोजीदिन साथीहरुलाई आग्रह गरेका थिए ।

करिब एक हप्तापछि केंटनमा भयंकर तुफान आयो जसमा उनीहरुको घर पूर्ण रुपमा बर्बाद भयो । तुफानपछि उद्धार टिम घटनास्थलमा आयो र भत्किएका अवशेष हटाउन थाल्यो । नथान राइट नामका व्यक्तिले मेटल डिटेक्करको सहायताले त्यहाँ खोजी गर्न थाले । यस क्रममा सबैभन्दा पहिले उनले एउटा इयररिंग भेटाए । त्यसपछि झण्डै ३० मिटरको दुरीमा उनले औंठी भेटाए । यो रिंग देखेपछि दुवै निकै आश्चर्यचकित र खुसी भए ।

प्रदीप गिरी भन्छन्ः सरकारले जनता तर्साउने होइन

काठमाडौंः नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले लोकतन्त्रमा सरकारले जनता तर्साउन नपाइने बताएका छन् । गिरीले बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले आफूलाई सरकारले अपमान गरेको उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दिएको प्रसंग पनि संसदमा निकालले । ‘लोकतन्त्रको जनतासँग सरकार डराउँछन्, तर तानाशाहको सरकारसँग जनता डराउँछन्, अहिले त्यस्तै अवस्था देखिएको छ’, उनले भने, ‘नागरिकलाई बेइज्जत गर्ने काम सरकारबाट भइरहेको छ ।’

उनले केपी ओली नेतृत्वको सरकारले जनतालाई तर्साउने काम गरिरहेको बताए । ‘जनतालाई तर्साउने काम भएको छ । अहिले प्रधानमन्त्री ओलीले जनता तर्साउने होइन, गरिमा देखाउने हो’, उनले भने, ‘कुलप्रसाद जस्तालाई तागत देखाउने होइन ।’

गिरीले अनशनरत प्रा.डा. गोविन्द केसीको पक्ष र विपक्षमा सांसदहरु विभाजित भएकोमा चिन्ता व्यक्त गरे । ‘अहिले सांसद् पनि गोविन्द केसीको पक्ष र विपक्षमा बाँडिएका छन्’, उनले भने, ‘पार्टीको ह्विप मान्ने होइन जनताको सांसद्ले’, उनले थपे, ‘सिंगो जनताको विश्वास जितेर आएका सांसद् यसरी विभाजित हुनु राम्रो भएन ।’

गिरीले सांसदहरुले जनताप्रति वफादार हुनुपर्नेमा जोड दिए । त्यसैगरी सांसद अनिल कुमार झाले गोविन्द केसीको सत्याग्रह जायज भएकाले उनको जीवनरक्षा गर्नुपर्ने माग गरे । व्यक्तिको बाँच्न पाउने अधिकार रक्षा सरकारले गर्नुपर्ने उनले माग गरे ।