चाउचाउ खाने मानिसका लागी अत्यान्त जरुरी जानकारी नछुटाई पढ्नुहोला

चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ सेवन गरिरहन्छौं ।

बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ ।

वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् ।

चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ ।

चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।

हप्तामा २ पटक चाउचाउ सेवन गर्नेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ । भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए ।

चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।

र यो पनि

काठमाडौं । लगातारको बर्षाका कारण काठमाडौं उपत्यकाका अधिका‌ंश ठाउँ डुबानमा परेका छन् । बाटोभरी पानी जम्दा गाडी चलाउन समस्या भएको छ । हिलो बाटोले हिड्न समेत समस्या भएको छ ।

काठमाडाैंको पर्यटकीय क्षेत्र ठमेल हिमाल्मे छ । कालिमाटीमा रहेको सुकुम्बासी वस्ती डुबान परेको छ । भत्तपुरको सूर्य विनायकदेखि भत्तपुर अस्पताल क्षेत्रका ठाउँमा पोखरी जमेका छन् । सडकमा बाढी जस्तै भेल बगिरहेको छ । चाबहिल देखि जोरपाटी लगायतका ठाउँमा आवतजावत नै रोकिएकाे छ । हिड्न सक्ने अवस्था नरहेपछि चावहिल वौद्ध सडकखण्ड दुईघण्टाका लागि बन्द गरिएको छ ।

अरनिको वीपी राजमार्ग पनि बन्द भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । तस्बीर: सामाजिक सञ्जालबाट