आजको राशिफल : वि.सं.२०७५ साल असार २८ गते । बिहिबार ।

आजको राशिफल : वि.सं.२०७५ साल असार २८ गते । बिहिबार ।

वि.सं.२०७५ साल असार २८ गते । बिहिबार । ईश्वी सन् २०१८ जुलाई १२ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । गीष्म ऋतु । श्रीशाके १९४० । आषाड कृष्ण पक्ष । तिथि चतुर्दशी १८ घडी ०८ पला,बिहान ११ बजेर २१ मिनेट उप्रान्त औंशी । नक्षत्र आद्रा ४३ घडी २० पला,बेलुकी १० बजेर ३७ मिनेट उप्रान्त पुनर्वशु । योग ध्रुव २० घडि ४१ पला,दिउसो ०१ बजेर ३४ मिनेट उप्रान्त व्याघात । करण शकुनी,बिहान ११ बजेर २१ मिनेट उप्रान्त चतुष्पद,बेलुकी १० बजेर ०९ मिनेट उप्रान्त नाग । आनन्दादिमा काण योग । चन्द्रराशि मिथुन । निशी बार्ने (औंसी)।काठमाडौंमा सूर्योदय ५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ भने प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।शुभ अंक — २,४ शुभ दिशा — उत्तर,शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ । स्थाई सम्पति तथा रुपैया पैसाको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला गलत ठाउँमा खर्च हुँन सक्छ । शुभ अंक — २,३ शुभ दिशा — पश्चिम, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् । शुभ अंक — ३,६ शुभ दिशा — उत्तर,शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।,शुभ अंक —४,७ शुभ दिशा — पुर्व,शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दिगो फाईदा हुँने लाभदाएका कामको थालनि गरि आर्थिक रुपमा सुदृड हुँन सकिनेछ । नयाँ नयाँ साथि सँगतले नयाँ योजना बनाई आम्दानी स्रोत फराकिला बनाउँन सकिनेछ । चल तथा अचल पुँजी परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत धन सम्पती बढाउँन सकिनेछ । अध्ययन अध्यापनमा प्रगति गरि राम्रो नतिजा हात लगाउँन सकिनेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग राम्रो सम्बन्ध स्थापित हुँने हुँदा ईच्छित कामनाहरु पुरा गर्न सकिनेछ ।शुभ अंक — ५,६ शुभ दिशा — उत्तर,शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोवल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । ,शुभ अंक — ३,६ शुभ दिशा — पुर्व शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आध्यात्मिक क्षेत्रमा समय दिएपनि नतिजा भने न्यून हुनेछ । लेखन क्षेत्रमा समय लगानि गरेपनि सयम दिएजस्तो उपलब्धि नहुदा मन खिन्न हुनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने भए पनि बाटोमा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । बिगतमा गरिएका गल्तिको प्रभाव देखिन थाल्ने ग्रहयोग रहेकोछ । सरकारी तथा प्रशासनिक काम गर्दा ख्याल गर्नुहोला काम बिग्रन सक्छ । माया प्रेममा अबिश्वास तथा शंका गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा समय दिन सके आम्दानि बढाउन सकिनेछ । ,शुभ अंक — १,७ शुभ दिशा — दक्षिण, शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।,शुभ अंक — २,९ शुभ दिशा — पुर्व,शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । खर्चको तुलनामा आम्दानि बढिनै हुदा आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ,शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण,शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ । शुभ अंक — २,४ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । शुभ अंक — ३,५ शुभ दिशा — दक्षिण,शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । प्रेममा अबिश्वास हुन सक्छ ध्यान दिनुहोला ।शुभ अंक —१,४ शुभ दिशा — पश्चिम, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम,ज्योतिषी दुर्गा प्रसाद भण्डारी,नवयूग ज्योतिष परामर्श सेवा केन्द्र