प्रत्येक दिन खाली पेटमा किशमिश पानी खाँदा यस्तो अचुक फाईदा !

प्रत्येक दिन खाली पेटमा किशमिश पानी खाँदा यस्तो अचुक फाईदा !

एजेन्सी । अंगुरलाई सुकाएर किशमिश बनाइन्छ । यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ । यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर आयुर्वेद अनुसार दैनिक किशकिशको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ ।

भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किशमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ ।

यसरी बनाउँहोस् किशमिशको पानीः

एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किशमिश हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् । बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किशमिशलाई मज्जाले चपाएर खानुहोस् ।

किशमिश एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।
किशमिशमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ ।
किशमिशमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।
किशमिशमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।
यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किशमिश र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।
किशमिशमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।