यस्तो छ जनताले नदेखेको पूर्वराजा वीरेन्द्रको घर !

यस्तो छ जनताले नदेखेको पूर्वराजा वीरेन्द्रको घर ! विभिन्न देवीदेवताका आकृतिले कुँदिएको त्यहाँको गेटभित्र टाइल (झिँगटी)ले छाएको एउटा तीनतले घर छ । रङ लगाइएको छैन, धेरै झ्याल सादा छन्, ढोका कुँदेर बनाइएका छन् । घरको अघिल्तिर दुबो उम्रिएको खुला चउर छ। घरसम्म पुग्ने बाटोको पिच उक्किन थालेका छन्। वरिपरि जंगल बढ्दै छ, पन्छाउने कोही छैन।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका २, रानीबासमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

घोरेटार बजारबाट सामान बोकेर भोजपुर सदरमुकाम आउँदै गरेको को १ त ८६३१ नम्बरको ट्याक्टर रानीबास लुङ्गेनमा दुर्घटना हुँदा चालक हतुवागढी गाउँपालिका ५ का २७ वर्षीय कृपा राईको घटनास्थलमै मृृत्यु भएको हो ।

बे्रक फेल भएर ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको इन्सपेक्टर चरित्रविक्रम कार्कीले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार ट्याक्टर नियन्त्रण गुमाएर लडेको थियो ।

बुधबार बिहान पौने १० बजेतिर ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा सवार अन्य तीनजना भने सामान्य घाइते छन्।