उत्तर कोरियाका किम जोङले प्रचण्डलाई निमन्त्रणा गर्नु भएको छ ।

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर कोरियाले निमन्त्रणा गरेको छ । त्यहाँको सत्तारुढ वर्कर्स पार्टीले प्रचण्डलाई भ्रमणका लागि औंपचारिक निमन्त्रणा दिएको हो । नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षगाँठका अवसरमा २४ भदौका लागि निमन्त्रणा गरेका हुन् ।

‘उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७औँ वर्षको अवसरमा अध्यक्ष प्रचण्डलाई आगामी २४ भदौमा उत्तर कोरियाको भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गर्नुभयो,’ प्रचण्डको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख भएको नयाँपत्रिका दैनिकले लेखेको छ ।

यो पनि पढ्नु होस ।।

वास्तुशास्त्रअनुसार यी दिशा तर्फ फर्किएर खाना पकाउन हुदैन – जीवनमा आउन सक्छ यस्ता समस्याहरु

बस्तुशास्त्रमा घरको सब भन्दा मुख्य भाग भान्छाघरलाई मानिन्छ। घरमा हुने बिमारी र समस्याका कारण किचेनसंग जोडिएको वास्तुदोष हुन् सक्छ।

तपाई कुन दिशामा फर्किएर खाना बनाउनुहुन्छ र कता फर्केर खानु हुन्छ भन्ने कुरामा निर्भर रहन्छ। यदि वास्तुशास्त्रसंग जोडिएको यी कुरालाई ध्यान दिएमा वास्तुदोषबाट छुटकारा पाउन सकिन्छ।

१. उत्तर दिशा तर्फ फर्किएर खाना पकाउनाले व्यवसाय घाटामा जान सक्छ । साथै धन सम्पति नोक्सानी पनि भोग्नु पर्ने हुन्छ ।

२.  दक्षिण-पश्चिम दिशा तर्फ फर्किएर खाना बनाउदा घरको सुख शान्ति भङ्ग हुन्छ । घरमा लडाई झगडा हुने सम्भावना बढ्छ ।

३.  पश्चिम दिशा तर्फ फर्केर खाना बनाउदा घरका सदस्यको अनुहार र हड्डी सम्बन्धि रोग हुने डर हुन्छ ।

४. दक्षिण दिशा पट्टि फर्किएर खाना पकाउदा घरका महिलाहरुले अनेकौ शारीरिक समस्या भोग्नु पर्ने हुन्छ ।

५. वास्तुशास्त्रअनुसार घरमा सुख शान्ति बचाई राख्न र रोगहरुबाट बच्नको लागि पुर्व दिशा तर्फ फर्केर खाना बनाउनु उत्तम मानिन्छ ।

६. किचेनको झ्याल यदि पुर्व दिशा पट्टि छन् भने वास्तुशास्त्र अनुसार एकदम राम्रो मानिन्छ ।

७. ननुहाईकन खाना पकाउनु हुदैन सकेसम्म खानु पनि हुदैन । यसो गर्नाले बिरामी हुने खतरा बढ्छ ।