तपाईको आजको भाग्य कस्तो हुनेछ ? हेर्नुस राशिफल असार २६ गते

तपाईको आजको भाग्य कस्तो हुनेछ ? हेर्नुस राशिफल असार २६ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला-साहित्य एवं संगीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक कारोबारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । फलदायी यात्रा नरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

यो पनि पढ्नु होस ।।

वास्तुशास्त्रअनुसार यी दिशा तर्फ फर्किएर खाना पकाउन हुदैन – जीवनमा आउन सक्छ यस्ता समस्याहरु

बस्तुशास्त्रमा घरको सब भन्दा मुख्य भाग भान्छाघरलाई मानिन्छ। घरमा हुने बिमारी र समस्याका कारण किचेनसंग जोडिएको वास्तुदोष हुन् सक्छ।

तपाई कुन दिशामा फर्किएर खाना बनाउनुहुन्छ र कता फर्केर खानु हुन्छ भन्ने कुरामा निर्भर रहन्छ। यदि वास्तुशास्त्रसंग जोडिएको यी कुरालाई ध्यान दिएमा वास्तुदोषबाट छुटकारा पाउन सकिन्छ।

१. उत्तर दिशा तर्फ फर्किएर खाना पकाउनाले व्यवसाय घाटामा जान सक्छ । साथै धन सम्पति नोक्सानी पनि भोग्नु पर्ने हुन्छ ।

२.  दक्षिण-पश्चिम दिशा तर्फ फर्किएर खाना बनाउदा घरको सुख शान्ति भङ्ग हुन्छ । घरमा लडाई झगडा हुने सम्भावना बढ्छ ।

३.  पश्चिम दिशा तर्फ फर्केर खाना बनाउदा घरका सदस्यको अनुहार र हड्डी सम्बन्धि रोग हुने डर हुन्छ ।

४. दक्षिण दिशा पट्टि फर्किएर खाना पकाउदा घरका महिलाहरुले अनेकौ शारीरिक समस्या भोग्नु पर्ने हुन्छ ।

५. वास्तुशास्त्रअनुसार घरमा सुख शान्ति बचाई राख्न र रोगहरुबाट बच्नको लागि पुर्व दिशा तर्फ फर्केर खाना बनाउनु उत्तम मानिन्छ ।

६. किचेनको झ्याल यदि पुर्व दिशा पट्टि छन् भने वास्तुशास्त्र अनुसार एकदम राम्रो मानिन्छ ।

७. ननुहाईकन खाना पकाउनु हुदैन सकेसम्म खानु पनि हुदैन । यसो गर्नाले बिरामी हुने खतरा बढ्छ ।