म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछ

(एजेन्सी) – म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् ।

जाबो एउटा बाइक पनि किन्दिन नसक्नेले मलाई किन डाक्टर बनाउने सपना देख्नु ? आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु ?

रिसको झोकमा मैले यो पनि महशुस गरिन कि मैले बुवाको जुत्ता लगाएर हिँडेको रहेछु । मैले केहि पैसाको लागी उहाँको पर्स पनि चोरेर हिंडेको थिएँ । त्यो पर्समा केहि च्यातिएका कागजका टुक्राहरु मेरी आमाले नदेखुन् भनेर एउटा कुनामा लुकाएर राखिएका थिए ।

जब म बस पक्रन बस स्टेसन तर्फ लम्किदैँ थिएँ तब मेरो खुट्टामा केहि बिझाएजस्तो भयो ।

अलि पर पुगेर जुत्ता खोलेर हेर्दा जुत्ता केहि च्यातिएको थियो र साना साना प्वालहरु पनि थिए । स्टेसनमा कुनै बस नभएकाले मैले त्यहिँ एकछिन बसेर बुवाको पर्स खोलेर हेर्ने निधो गरेँ । पर्समा ४० हजारको बिल रहेछ जुन मलाई बुवाले ल्यापटप किन्नका लागी ॠण लिएका थिए ।

अचम्मको कुरा मैले त्यहाँ बुवाको म्यानेजरले बुवालाई लेखेको एउटा नोटिस भेटेँ जहाँ भनिएको थियो – भोलिदेखी अर्को नयाँ जुत्ता लगाएर अफिस आउनु ।’ अनि मैले सम्झेँ कि जब आमाले बुवालाई नयाँ जुत्ता किन्न भन्थिन् तब बुवा सधैँ भन्थे ‘यो जुत्ता अझ ६ महिनासम्म टिक्छ ।’

अनि मैले अर्को कागज पनि भेटेँ जुन एक्स्चेन्ज लेटेर’ रहेछ । बुवाले मलाई बाइक किन्दिनका लागी आफ्नो स्कूटर नै बेचेका रहेछन् ।

तब म आफुलाई एकदम कमजोर महशुस गरेँ र आफैलाई सम्हाल्नै सकिन्न । आँखाबाट आँशुका धारा रोकिएनन् । अनि हत्तारिएर घर गएँ र बुवालाई अङ्गालो हालेर भनेँ ‘ बुवा, अब मलाई बाइक चाहिँदैन ।’

म सधैँ सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो भएर रहेछ ।