डेढ करोड बढीको छेपारो, आखिर के छ यसमा त्यस्तो विशेषता ?

काठमाडौं । भारतको पश्चिम बंगाल क्षेत्रमा यस्तो बहुमुल्य छेपारो फेला परेका छन। पश्चिम बंगालको सशस्त्र सीमा बलले पाँच टोकरी छेपारो बरामद गरेको हो।विशेष गरी प्रजनन क्षमता बढाउनका अमृत समान मानिने यो छेपारोको मासु खाँदा मधुमेह, नपुंसकता, एड्स र क्यान्सर जस्ता भयानक रोगको औषधि हुने बताईन्छ।

यो छेपारोको यही विशेष गुणका कारण मूल्य महंगो पर्ने गर्छ। एउटा छेपारोको डेढ करोडभनदा बढी मूल्य पर्छ। सुरक्षाबलले टिकन बर्मन नामक व्यक्तिलाई छेपारोसहित पक्राउ गरेको हो।

अहिले यस छेपारोलाई दुर्लभ र लुप्तप्राय प्रजातिको जीव मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको ठूलो माग छ। विशेष गरी उत्तरी भारतमा पाईने यो छेपारो चोरी सिकारी गर्दै दक्षिणी देशहरुमा बिक्री बितरण गर्ने पाईएको छ। नेपालबाट समेत यो छेपारो तस्करी गरेर विदेश पु–याइने गरेको छ। एजेन्सी

यी हुन् स्ट्रोक हुने कारण, लक्षण र उपचार

मानव शरीरका महत्वपूर्ण अंगहरूमध्ये गिदी वा मगज पनि एक हो । मगजलाई गाडीको इन्जिनसँग दाँजेर हेर्न सकिन्छ । यसमा हरेक पल प्रयाप्त मात्रामा रगत र अक्सिजन सञ्चार हुनुपर्छ । क्षणभरको लागि मात्र मगजमा रगत र अक्सिजन कमी भएमा यसका कोषहरू क्रमशः सुक्दै जान्छन् र अन्त्यमा तन्तुको मृत्यु हुन्छ ।

तन्तु मर्दै जाँदा यसका विभिन्न भागले काम गर्न छोड्दै जान्छ र पक्षघातको अवस्थामा पुग्छ । पक्षघातको अवस्थामा पुग्दा शरीरको एकभाग दायाँ वा बायाँ नचल्ने, मुख बाँगिने, एकापट्टिको हात गोडा नचल्ने हुनसक्छ । यस्तो समस्या वा रोगलाई स्ट्रोक वा पक्षघात भनिन्छ । यो सुरु हुँदा गिदीको सानो भागबाट शुरु हुन्छ र विस्तारै बढ्दै जान्छ । यदि समयमै उपचार गरिएन भने खराबी बढ्दै गएर एक भागको सिंगै गिदीमा असर पर्न सक्छ ।

स्ट्रोकका कारण

स्ट्रोकको प्रमुख कारण मस्तिष्कमा आवश्यक रगत र अक्सिजन सञ्चारमा कमी हुनु हो । रक्तनली साँघुरो भएर रगत बग्ने बाटो बन्द हुँदा रक्तसञ्चार कमी हुन्छ । मस्तिष्कमा रक्तसञ्चार नपुगेमा मस्तिष्क पनि सुकेर जान्छ । रक्तनली जाम हुनुका कारण नली खुम्चिएर साँगुरो हुनु अथवा कणले रक्तनली बन्द हुनु हो । जुनसुकै कारणले रक्तनली जाम भएपनि मस्तिष्कमा रक्तसञ्चार कम भई स्ट्रोक हुनसक्छ ।

ब्रेन हेमरेज

ब्रेन हेमरेज भनेको मस्तिष्कमा रक्तश्राव अथवा रगत जम्नु हो । यो स्ट्रोकको ठिक उल्टो अवस्था हो । यसमा रक्तसञ्चार अत्याधिक भएर रगत जम्दछ । ब्रेन हेमरेजले पनि मस्तिष्कलाइृ क्षति पुर्‍याएर पक्षघातको समस्या निम्त्याउन सक्छ ।

स्ट्रोकका अन्य लक्षणहरू

स्ट्रोक हुँदा बिरामी अचानक बेहोस हुने अथवा अर्धचेत अवस्थामा पुग्ने, टाउको दुख्ने, आँखा धमिलो हुने, एक पाटो हात/गोडा लुलो भई प्यारालाइसिस अथवा पक्षघात हुने, क्षारेरोग वा शरीरमा कम्पन हुन हुनसक्छ । माथि उल्लेखित लक्षणहरू मस्तिष्कको कत्रो र कुन भागमा असर परेको छ त्यसमा निर्भर हुन्छ । स्ट्रोक भएको केही दिनदेखि १/२ सातासम्म असर परेको मस्तिष्कको भाग वरिपरि सुनिएर आउँछ र त्यसले दिमागको प्रेसर ( क्ष्ऋए ) लाई बढाएर मस्तिष्कलाई थप क्षति पुर्‍याउँदछ । त्यसैले स्ट्रोक भएको बिरामी पहिलो केही दिनदेखी केही साता झन्–झन नाजुक हुँदै जान्छ र अन्तिममा मृत्यु पनि हुनसक्छ । यदि यस्तो बिरामीलाई बचाउँन सकियो भने केही सातापछि स्ट्रोक शान्त (क्रोनिक) अवस्थामा जान्छ र विस्तारै लक्षणमा सुधार आउन थाल्दछ ।

स्ट्रोकको उपचार

स्ट्रोक भइसकेपछि सकेसम्म चाँडै उपचार सुरु गर्नुपर्छ । केही घण्टाभित्रै उपचार थाल्न सकियो भने बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन वा न्युन गर्न सकिन्छ । यसको उपचार मुलभूतरूपमा औषधी प्रयोग नै हो । औषधि प्रयोग गरी प्रयाप्त मात्रमा मस्तिष्कमा रक्तसंचार, अक्सिजन संचार गराउने र मस्तिष्कको थप क्षती हुन कम गर्न सकिन्छ । उपचारबाट क्षति कम गरि मुटुको अवस्था स्थिर बनाई राख्न सकेमा क्रमैसँग जीवन बच्न सक्छ ।

कहिलेकाँही मस्तिष्कको पे्रसर अत्यधिक बढ्न गएमा शल्यक्रिया आवश्यक पर्न सक्दछ । यी सबै उपचार गर्दागर्दै पनि कहिले काँही समस्या नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राख्नुपर्ने हुनसक्छ । त्यसको बाबजुत पनि बिरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ । संसारमा मानिसको ज्यान जाने प्रमुख कारणमध्ये स्ट्रोक पनि पर्दछ । बिरामीको अवस्थामा सुधार भएमा १/२ महिनापछि बन्द भएको नशा खोल्ने शल्यकृया गर्नुपर्ने पनि हुनसक्छ ।

संभावित अन्य समस्या

स्ट्रोक भएको मानिस सुरुको केही सातासम्म ओछ्यानमा परी राख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । त्यसले थप नयाँ शारीरिक समस्याहरू आउन सक्छन् । यस्तो अवस्थामा धेरैलाई छातिको संक्रमणको संभावना अधिक हुन्छ । धेरै दिन उही आसनमा सुत्नुपर्दा कफ जमी छातीको अवस्था बिग्रदै जान सक्छ । यस्तो हुँदा एण्टीबायोटिकको उपचारबाहेक भेण्टीलेटर पनि आवश्यक पर्नसक्छ । यदि ५/७ दिनभन्दा लामो समय भेन्टिलेटरमा राख्नु प¥यो भने छाती झन खराब हुनसक्छ । त्यसैले छातीबाट थप कफ निकाल्न र श्वास प्रश्वास सजिलो बनाउन घाँटीको सानो शल्यकृया गर्नुपर्ने हुनसक्छ । यस्तो शल्यक्रियामा श्वास नलीमा सानो प्वाल (छेदन) बनाई श्वास फेर्ने पाइप राखिन्छ, जसको माध्यमबाट छातीमा भएको कफ निकालिन्छ ।

अर्को सम्भावित समस्या हात गोडाकोे रक्तनली जाम हुनु हो । यस्तो भएमा पछि छाती र मुटुमा समस्या भई झन जटिल हुनसक्ने सम्भावना हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व, प्रोटिन आदि कमी हुनु अर्को समस्यो हो । यस्ता अतिरिक्त जटिलताहरू लामो समय रहँदा हात÷गोडा आदिमा खाटे घाऊको पनि जोखिम रहन्छ । बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने शक्ति कम हुँदै जान सक्छ । यस्ता समस्या सकेसम्म हुन नदिन सुरूदेखि नै ध्यान पुर्‍याउँनु पर्छ ।

के स्ट्रोक पूर्ण निको हुन्छ ?

स्ट्रोक पूर्णरूपमा ठिक हुन्छ/हुँदैन भन्न अलि जटिल छ । यसको प्रकार, उपचार प्रविधि, उपचार सुरू गरेको समय, बिरामीको उमेर र उसको अन्य शारीरिक समस्या आदिमा भर पर्दछ । यदि स्ट्रोकले मगजको ठूलो भागमा क्षति पु¥याएको छ भने अपेक्षाकृत राम्रो नहुन पनि सक्छ । अरू थप समस्या भएन र केही साता बिरामीलाई बचाउन सकियो भने उसको अवस्थामा क्रमिक सुधार आउने सम्भावना बढ्दै जान्छ । अन्त्यमा बिरामी कुनै सहाराले विस्तारै हिड्न सक्ने भएपछि पूर्णरुपले पहिलेकै जीवनमा फर्किनसक्ने सम्भावना पनि हुन्छ । प्रायः यस्ता बिरामीहरू जीवनभर लौरोको सहाराले हिड्नुपर्ने वा ह्वीलचीयरमै बसी राख्ने वा हिंड्डुल गर्नसक्ने अवस्थामा पुग्छन् ।

यस्ता बिरामीलाई एन्जाइटी/डिप्रेसन जस्ता मानसिक समस्या आउने सम्भावना पनि हुन्छ । तर मनोवल बलियो भएका बिरामीहरू चाहिं अपेक्षाकृत राम्रो भई क्रमशः पुरानो अवस्थामा फर्किने सम्भावना हुन्छ । कतिपय बिरामीहरू चाहिं उठबस गर्न सक्ने नभई ओछ्यानमा नै परिराख्ने अवस्थामा पनि हुनसक्छ । संक्षिप्तमा भन्ने हो भने स्ट्रोकका बिरामी केही हदसम्म लुलो, लंगडो, अपाङ्ग अथवा शारीरिकरुपमा दुर्बल हुने सम्भावना हुन्छ ।

परिवारको सहयोग बिरामीको उपचार भनेको मेडिकल टिम (डाक्टर/नर्स) को प्रयासले मात्र संभव हुँदैन । परिवारका सदस्यहरूको सहयोग पनि त्यत्तिकै आवश्यक पर्छ । आफन्तले रोगको गम्भीरतालाई राम्ररी बुझ्नुपर्छ । चिकित्सक एवं उपचार टोलीसँग राम्ररी छलफल गर्नुपर्छ । एक जना सदस्यले कुरा बुझेर सम्पूर्ण सदस्यलाई बुझाउन सक्नुपर्छ । चिकित्सक टोलीले पनि दिनमा एक/दुई पटक परिवारका कुनै सदस्यलाई उपचारको प्रगति वा खतराबारे स्पष्ट जानकारी दिनुपर्छ । जानकारी दिनु डाक्टरको कर्तव्य हो बिरामी पक्षको अधिकार । उपचारका लागि डाक्टरले दिएका सुझाब पालना गर्नु बिरामी पक्षको कतब्र्य हो ।

उपचार भनेको एउटा सामुहिक कार्य हो । बिरामीलाई उपचार गर्ने एकजना मुख्य डाक्टर भएता पनि अन्य थुप्रै डाक्टर तथा नर्स पर्दा पछाडी हुन्छन् । मुख्य डाक्टरलाई नभेट्दा पनि आत्तिहाल्नु पर्दैन् । डाक्टरहरू आफू मातहतमा भर्ना भएका बिरामीबारे २४ घण्टै सम्पर्कमा हुन्छन् । बिरामीको हौसला बढाउनु, उसको स्याहारमा सहयोग पु¥याउनु, उपचारको प्रविधिक जस्तैः नर्सिङ्ग केयर, फिजियोथेरापी आदिमा सहभागी हुनु आदि परिवारका सदस्यको कर्तव्य हो । त्यस्तै अनावश्यक भीड नगर्नु, मोवाइलमा ठूलो स्वरमा कुरा नगर्नु, ठूलो आवाजले संगित नसुन्नु, अरुलाई ‘डिस्टर्व’ नगर्नु पनि बिरामी पक्षले चिकित्सक एवं उपचार टोलीलाई गर्नसक्ने सहयोग हो । परिवार र चिकित्सक पक्षको संयूक्त प्रयासले बिरामीलाई सहयोग पुग्छ । ‘डाक्टर देउता होइन, तर यमराज पनि होइन’ डाक्टरले बिरामीका लागि शतप्रतिशत मेहेनत गर्छ, प्रयास गर्छ । नतिजा ईश्वरले दिन्छन् ।