हनुमानजीले यसरी तोड्नुभएको थियो भीमको घमण्ड

व्यक्तिले तागतको नशामा संस्कार र विनम्रता छोड्नुहुँदैन । तागतको घमण्डमा यी कुरालाई छोड्ने मानिसको जीवनमा अनेक समस्या आउँछन् । यसलाई पुष्टि गर्ने यहाँ हामी महाभारतको एउटा प्रसंग बताउँदैछौं ।

पाण्डवहरूको वनवास चलिरहँदा पाँचै पाण्डव र द्रौपदी जंगलमा घुमिरहेका थिए । उनीहरू कैलाश पर्वतमा रहेको जंगल पुगे । त्यतिखेर यक्षका राजा कुबेरको निवास पनि कैलाश पर्वतमा थियो ।

कुबेरको नगरमा एउटा सरोवर थियो । त्यमा कमलको फूल थियो । द्रौपदीले कमलको सुगन्ध पाएपछि भीमलाई त्यो फूल चाहियो भनिन् । भीम द्रौपदीलाई त्यो फूल लिनका लागि गए ।

बाटोमा उनले एउटा वानरलाई पुच्छर फैलाएर सुतेको देखे । कुनै पनि जीवलाई नाघेर जानु मर्यादाविरुद्ध हुन्थ्यो । त्यसैले भीमले वानरलाई आफ्नो पुच्छर हटाउन लगाए । वानरले वास्तै गरेनन् । भीमलाई क्रोध आयो । उनले भने, ‘म महाबली भीम हुँ ।’ वानरले ‘तिमी शक्तिशाली हौ भने मेरो पुच्छरलाई बाटोबाट हटाऊ र जाऊ’ भने ।

भीमले पुच्छर हटाउने कोशिश गरे तर पुच्छर पटक्कै हल्लिएन । भीमले हार माने । उनले वानरसँग प्रार्थन ागर्न थाले ।

त्यसपछि वानरले आफ्नो असली रूप देखाए । उहाँ स्वयं पवनपुत्र हनुमान् हुनुहुन्थ्यो । उहाँले भीमलाई आफ्नो शक्तिमा कहिल्यै घमण्ड नगर्नू भनी सम्झाउनुभयो ।

शक्ति र विनम्रता विपरीत स्वभावका हुन्छन् तर यिनै एक ठाउँमा आए भने व्यक्ति महान् हुन्छ ।

र यो पनि …..

प्रदेश नम्बर दुईको प्रतिनिधित्व गर्ने सांसदहरुले तराई–मधेस क्षेत्रमा हुने डुवान र कटानको दीर्घकालिन समाधान खोज्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)बाट प्रदेश नम्वर दुईको प्रतिनिधित्व गर्ने सांसदहरुले तराई–मधेस क्षेत्रमा विकराल समस्याका रुपमा रहेको डुवान र कटानको दीर्घकालिन समाधान खोज्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन ।

बालुवाटारमा आज प्रधानमन्त्रीसँगको छलफलमा उनीहरुले बाढी, डुवान र कटानबाट हरेक बर्ष जनधनको क्षति बढिरहेको भन्दै क्षति न्यूनीकरणका उपाय खोज्न ध्यानाकर्षण गराएका हुन् ।

चुरे क्षेत्रको अत्यधिक दोहन, सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको संरचना र तटबन्ध निर्माणका योजना प्रभावकारी नहुँदा समस्या बढिरहेको उनीहरुको भनाइ थियो । तराई–मधेसको जनजीवनमा प्रत्यक्ष जोडिएको चुरे संरक्षणलाई थप प्रभावकारी बनाउन पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले तराई–मधेसको आर्थिक–सामाजिक विकास, पछाडि परेका क्षेत्र र जातिको मूल प्रवाहिकरण र पूर्वाधार विकासमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले तराई–मधेसका समस्या समाधानमा सरकार गम्भीर रहेको, आर्थिक–सामाजिक र पूर्वाधार विकासमा लगानी बढाउँदै लगिने तथा भारतीय संरचनाका कारण भइरहेको डुवानको समस्या भारतसँगको सहमतिअनुसार नै खोजिने स्पष्ट पार्नुभएको थियो । जनताका समस्यामा गम्भीर हुन सांसदहरुलाई सुझाव दिनुभएका प्रधानमन्त्री ओलीले सरकारलाई कमजोर बनाउने षड्यन्त्रप्रति सचेत रहन आग्रह गर्नुभएको थियो ।