खाजा खान गएको बेलामा जीप आफै गुड्दा दुईको मृत्यु, तीन गम्भिर घाईते

खाजा खान गएको बेलामा जीप आफै गुड्दा दुईको मृत्यु, तीन गम्भिर घाईते

ओखलढुङ्गा । ओखलढुंगामा भएको जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीका अनुसार जीप सडकवाट करीब ३ सय मिटर तल खसेको छ । मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ ।

जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्क विहिन रहेको बताईएको छ । जीप रोकेर बाँकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ ।