राष्ट्र बैंकले मंगलबारको लागी तोकेको विदेशी मुद्राको सटही दर

राष्ट्र बैंकले मंगलबारको लागी तोकेको विदेशी मुद्राको सटही दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रिदर २९ रुपैयाँ ४३ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३० रुपैयाँ ०५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रिदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ६१ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ५९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ७३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ३२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

गाउमा पुरुषनै छैनन् तहीपनि सबैमहिला गर्बावती कस्तो अचम्म कारण यस्तो छ जानीराखौ

विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गरिन्छ । हाम्रो देशमा विवाहपूर्व गरिने शारीरिक सम्बन्धलाई समाजले हालसम्म स्वीकारेको छैन ।काठमाडौं डेली विवाहपछि महिलाको जीवन खुसीले भरिपूर्ण हुन्छ अझ धेरै खुसी त उनी आमा भएको बेलामा हुन्छ ।

त्यसैले आमा बन्नका लागि महिला तथा पुरुषको शारीरिक सम्बन्ध अनिवार्य हुन्छ । किनकि यो प्राकृतिक नियम नै हो । अहिलेको वैज्ञानिक युगमा पुरुषविना महिला आमा बन्न सक्दिनन् । पुुरुषको शुक्राणु र महिलको रजको मिलनबाट नै बच्चाको जन्म हुन्छ ।काठमाडौं डेली

तर, विश्वमा यस्तो गाउँ भेटिएको छ जहाँ पुरुष विना नै महिला गर्भवति भइरहेका छन् । तपाईंलाई यो खबरले पक्कै पनि अचम्ममा पारेको होला । तपाईं मात्र होइन यो खबर सुन्ने सबै अचम्ममा परेका छन् ।काठमाडौं डेली

यो खबर हो, केन्याको । समबुरुको उमोजा भन्ने गाउँमा विगत २७ वर्षदेखि कुनै पनि पुरुषले पाइला टेकेका छैनन् । तैपनि, यो गाउँका महिला लगातार गर्भवती भइरहेका छन् र आफ्नो परिवारको विकास गरिरहेका छन् । यस ठाउँलाई चारैतिरबाट काँडे तारले घेरेर राखिएको छ ।

केन्याको यो गाउँ विश्वको रहस्यमयी गाउँको रूपमा चिनिन्छ । त्यसैले यस गाउँमा पुरुष जानका लागि प्रतिबन्ध गरिएको छ । काठमाडौं डेली यो गाउँ सन् १९९० मा १५ जना महिला मिलेर बसाएका थिए । यी १५ महिला सन् १९९० मा ब्रिटिस सैनिकबाट बलात्कृत भएका थिए । त्यसैले उनीहरूले नै यो ठाउँमा पुरुष प्रतिबन्ध गराएका थिए ।काठमाडौं डेली

सुत्केरी पनि बाँकी रहेनन ,बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु

काठमाडौं – बाढी र पहिरोमा परेर देशका विभिन्न ठाउँमा गरेर सोमबार ११ जनाको ज्यान गएको छ ।

रोल्पामा लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापिरहेकी सुत्केरी कमला विक, उहाँकी १८ दिनकी छोरी आयुसा र छिमेकी १५ वर्षीया चित्रा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो । सोमबार बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्किएर घर पुरेको हो ।

बाँकेमा बाढीमा परी चारजनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका ५ गुरुवागाउँका ३५ बर्षिय लोकबहादुर सुनार र ६५ वर्षीय तुलाबहादुर बुढाको ज्यान गएको । यस्तै घर नजिकै आएको बाढीले बगाएर ४ वर्षका बालक रञ्जित पासीको पनि ज्यान गएको छ । डुडुवा गाउँपालिका २ जाफरपुरवाका राम नारायण यादवकी ४ वर्षीया छोरी रिमादेवी यादवको घर नजिकैको खाल्डोमा डुबेर ज्यान गएको हो ।

पर्साको पर्सागढी नगरपालिका ४ मा बाढीले बगाउँदा एक किशोरीको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । १५ वर्षीया प्रतिमा रामको ज्यान गएको हो भने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता हुनुभएको छ । बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको धर्मस्थली महादेव खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एक जनाको ज्यान गएको छ ।

सिन्धुलीमा पनि बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ ।