मानिस मरेपछि के साचिक्कै स्वर्ग पुग्छ ? सातोपुत्लो उडाइदिने रहस्य,के हो यसको रहस्य,कमजोर मुटुले नपढ़नुहोला

कुनै पनि कुराहरु जे जति यस संसारमा अवस्थित छन जस्तै पृथ्वी, मानिस, जनावर, बोट–विरुवा आदि कुराहरुको बिभिन्न चरण र काल खण्ड वा समयको अन्तराल पछि अन्त्य प्राय : निश्चित छ । यस संसारमा बिभिन्न जाति, भाषा, सस्कृति र व्यवहारमा विस्वास गर्ने मानिसहरुको बसोबास रहेको छ । भाषा, जाति, सस्कृति जस्तै यहाँ धेरै प्रकारका धर्महरु पनि रहेका छन । बिभिन्न मानिसहरु अनुसार धर्म पनि फरक फरक रहेको छ भने धर्म अनुसार बिस्वास पनि फरक रहेको छ ।

आज हामी यस्तो रोचक विषयको बारेमा कुरा गर्न गइरहेका जसले तपाईहरुलाई जानकारी गराउने छ कि आखिर मान्छेको मृत्यु पछि के हुन्छ ? यहाँ प्रस्तुत कुराहरु बिभिन्न धार्मिक आस्था र विस्वाससगं सम्बन्धित हुने छन । बास्तबमा मानिसको मृत्यु पछि के हुन्छ त ? प्रस्तुत छन बिभिन्न धर्म अनुसारका केहि बिस्वासहरु : हिन्दु धर्म अनुसार मानिसको मृत्यु सबै कुराको अन्त्य होइन । तर यो एउटा प्राकृतिक प्रकृया हो । मृत्यु भौतिक गतिविधिको एक अस्थायी अवधारणा हो । जस्ले आफैलाई पुन:पुर्नजन्मको र जीवनको अर्को चरणको योजनाको लागि अवसर प्रदान गर्दछ । हाम्रो जीवनका केहि चरणमा शुद्धताको आवश्यकता हुन्छ ।

त्यसैले पनि आत्मालाई पुन : उत्पति हुन आवश्यक छ जसले पुर्णता हासिल गर्न सहयोग गर्छ । जब कुनै ब्याक्तिको मृत्यु हुन्छ, उसको चेतनासगै आत्माले उक्त व्यक्तिलाई छोड्छ र अर्को ससांरमा जान्छ । त्यहा केहि समय खर्छ गरे पछि पुन पृथ्वीमा फर्कन्छ । भागवत गीताले मृत्यु पछि आत्माले हिड्ने दुई वटा बाटाहरुको बारेमा चर्चा गरेको छ । एउटा सुर्य तिरको बाटो हो भने अर्को जुन तिरको बाटो हो । सुर्य तिरको बाटोलाई उज्वल बाटो र भगवानहरुको मार्ग पनि भनिन्छ । चन्द्रको पथलाई गाढा बाटो र पुर्खाहरुको बाटो भनिन्छ । र बिस्वास गरिन्छ कि जब आत्माले सुर्यको पथ रोज्छ भने काहिले पनि फेरि यो ससांरमा फर्किन्दैन । तर आत्माले चन्द्र पथ रोज्छ भने उक्त आत्मा फेरि पनि यो ससांरमा फर्किने छ ।

क्रिश्चियन धर्म बिस्वास गर्छ कि मृत्यु पछिको जीवन येशूको पुनरुत्थानमा आधारित छ । येशुले मृत्युलाइ जित्नु भयको छ । त्यसैले मृत्युले हामीलाई परमेश्वरबाट अलग गर्दैन । र उहाँले अनन्त मृत्युबाट जीबनलाई उठाउनु हुने छ । क्रिश्चियनहरुले मृत्यु पछी दुई ओटा गन्तव्य हुने कुरामा बिस्वास गर्छन जुन विश्वव्यापी रुपमा स्वीकृत छ । तर तेस्रो गन्तव्य विश्वव्यापी रुपमा स्वीकृत छैन । क्रिश्चियन धर्म अनुसार जसले येशुलाई परमेश्वरको पुत्र मान्छन उनिहरु स्वर्ग राज्यमा बस्नको लागि योग्य हुने छन ।

विश्वव्यापी रुपमा स्वीकृत पहिलो गन्तव्य भनेको मानिसको मृत्यु पछि आत्माले स्वर्गको बाटो तय गर्छ । दोस्रो गन्तव्य भनेको नर्कको बाटो हो, जसलाई पिडा र जलाउने ठाउँ भनिन्छ । क्रिश्चियन धर्ममा नर्क भनेको धेरै जसो आगोको ठाउँ हो जहाबाट भाग्ने कुनै अवसर हुदैन । अर्को गन्तव्य भनेको पापमोचनको गन्तव्य हो, जसलाई दुर्गम स्वर्ग र नरक विच मध्यवर्ती राज्य भनिन्छ । जहा दु:खको पीडाको माध्यमबाट पापलाई सफा गर्ने प्रकृया हुन्छ भने ठुला पाप गर्नेहरु सिधै नरकमा पठाइन्छ र साना पाप गर्नेहरुलाई स्वर्गको लागि तयार गरिन्छ ।

बौद्ध धर्म अनुसार सम्पूर्ण जीवन मृत्यु र पुन : जन्मको एक चक्र हो, जसलाई समसरा भनिन्छ । बौद्ध धर्म कर्मामा बिस्वास गर्छ । असल कार्यहरू जस्तै नैतिक आचरणको, एकाग्रता र ज्ञान विकास गरेर त्यसको माध्यमबाट बौद्धहरूले आशिष् प्राप्त गर्ने वा आफैंले अझ राम्रो भविष्य सुनिश्चित गर्ने आशा गर्छन् । पछिल्लो जीवनमा गरिएका कार्यहरूले मानिस, जनावर, भुत, डेमि वा देवी-देवताको रुपमा पुन : जन्म लिने भन्ने कुराको निर्धारण गर्छ । समसराबाट बच्नुलाई निरभाना भनिन्छ । मानिसले निरभाना प्राप्त गरे पछि मानिस पुर्णरुपमा मर्छ र मृत्यु र पुन:जन्मको चक्र समाप्त हुन्छ । बौद्धहरूले मृत्यु पछि जीवनमा विश्वास गर्छन् किनभने बुद्धले सिकाउँछन् कि मानव जातिको जन्म अनन्त छ, तर तिनीहरूले निरभाना प्राप्त गर्छन भने यो प्रकृयाको अन्त्य हुन्छ ।

मृत्यु पछि यस्तो हुन्छ मान्छेको शरीर – रोचक जानकारी
संसारका सबै जीवित प्राणीहरु मरणशील हुन्। हुन त मृत्यु सबै भन्दा डर लाग्दो प्राकृतिक अवस्था हो तर मान्छे होस् या अन्य जीवजन्तु जीवन पछिको मरणलाई सबैले स्वीकार्छौं। मनाव शरीरको अन्त्य संगै हामीले सुरक्षित तरिकाले आफ्नो आफ्नो संस्कार अनुसार व्यवस्थापन पनि गर्छौं। आजको पोस्ट शरीरको Decomposition Process मा केन्द्रित रहने छ। मान्छेको सास रोकिएको केहि समयपछि शरीर चिसो हुन थाल्छ।मरेको समयदेखि प्रत्येक घण्टा ०.८ डिग्री सेल्सियसले मान्छेको मृत शरीर चिसिन थाल्छ। फोक्सोले अक्सिजन लिन छोडेपछि शरीरमा रहेको कोषहरु विस्तारै निष्क्रिय हुन थाल्छन भने मुटुले पनि रक्तसंचारको काम बन्द गर्छ ।तर अक्सिजनको कमीले यति चाडै कोषहरु भने नास हुदैनन् ।

मृत्यु पश्चात पनि केहि मिनेटसम्म शरीरका केहि कोषहरु क्रियाशील नै रहन्छन।कोषहरुले अझै पनि कार्बनडाईअक्साइड उत्पादन गरिरहेको हुन्छ जसले गर्दा कोषको एसिडीटि बढ्छ । कोषमा रहेको एञ्जाइमहरु शरीरभरि फैलिएर अन्य कोष हरुलाई समेत असर गर्न थाल्छ। कसै कसैलाई मृत्यु पश्चात मांसपेशी रिल्याक्स हुने भएकोले दिसा वा पिसाब समेत लाग्ने गर्छ। केहि घण्टापछि फुटेका रक्तनली हरुबाट रगत बग्न थाल्छ र शरीरको अन्य अंगहरुमा रगत राम्रो संग संचार हुँदैन । यदि मृतक भुइमा सुताइएको छ भने रगत शरीरको तल्लो भाग तिर बग्न थाल्छ जसको कारणले मृतकको शरीरको रंग पहेलो र फिक्का हुन्छ।मृत्यु भएको २ देखि ६ घण्टा भित्र Rigor Mortis भन्ने प्रकृय सुरु हुन्छ जसमा प्रोटिन फिलामेन्टको कारणले मांसपेशीहरु कडा हुन थाल्छन ।

शरीरको कोष मरिसकेको हुनाले मृत शरीर कठ्यनग्रिञ्छ। शरीरको यो कठोरपन लगभग तिन दिन सम्म रहन्छ। केहि दिन पछि पेटमा रहेको ब्याक्टेरियाले मांशपेशीको तन्तु र कोषहरु नस्ट गर्दै पानिको मात्र बढाउन थाल्छ जसले गर्दा शरीर बाट मिथेन (Methane)र हाइड्रोजन सल्फ़ाइड (Hydrogen Sulfide) जस्ता ग्यास निस्किन्छ जसले गर्दा दुर्गन्ध आउन थाल्छ। यो प्रकियालाइ Putrefaction भनिन्छ। ग्यास चापले गर्दा शरीरमा पानीको मात्र बढेसंगै शरीरबाट प्रशस्त पानि बग्न थाल्दछ। कुनै कुनै बेला अत्याधिक चापको कारणले मृतकको पेट फाट्ने समेत हुन्छ। शरीरबाट निस्केको दुर्गन्धको कारणले झिंगाहरु सजिलै बस्छन र फुल्दछन।

त्यसको केहि दिन पछि सडेको शरीरमा किरा पर्न थाल्दछ र अन्य किरा हरु समेत आकर्षित हुन् थाल्छन । २० देखि ५० दिन पछि शरीरको सबै मासुहरु जमिनमा बिलाउछ जुन प्रक्रियालाइ Butyric Fermentation भनिन्छ। केहि वर्ष पछि सबै शरीर विभिन्न जीव जन्तु ,किरा फट्यांग्राहरुले खान्छन र कंकालमात्र बाँकी रहन्छ।