अब बाइकभन्दा कार सस्तो, १ लाखमै पाइने भयो यति शानदार कार !

काठमाडौं। सबैलाई कार चढेर सरर हिंड्ने मन पक्कै हुन्छ । तर, कारको मूल्य सुन्दा नै धेरैको सातो जान्छ । तर, अब कार किन्नका लागि कुनै महाभारत नहुने भएको छ । किनकी बाइक भन्दा सस्तो मूल्यमै अब तपाईले शानदार कार चढ्न सक्नु हुने भएको छ । वर्षाको बेला महँगो बाइक चढेर पनि भिज्दै हिंड्नु भन्दा अब त्यहि मूल्यमा पाइने शानदार कार चढेर हिड्नुको मज्जा नै बेग्लै हुनेछ ।

भारतीय बजारमा कारको सेकेण्ड ह्यान्ड अप्सन निकै धेरै पाउन सकिन्छ ।
भारतीय बजारमा १ लाखभन्दा कम मूल्यमा विभिन्न कम्पनीका अनेक मोडल उपलब्ध रहेको छ । यसरी सेकेण्ड ह्याण्ड बजारमा उपलब्ध हुने केही कार १० बर्ष पूराना हुन्छन् भने केही १५ वर्ष पूरानासम्म हुन्छन् । १५ वर्ष पूराना कार दिल्ली–एनसीआरमा दर्ता गर्न नपाइने भए पनि अन्य राज्यमा दर्ता गर्न सकिन्छ । यहाँ भारतको सेकेण्ड ह्याण्ड बजारमा १ लाख भारु भन्दा कम मूल्यमा उपलब्ध मारुती जेनदेखि टोयोटा कोरोलासम्म रहेका कारबारे चर्चा गरिएको छ ।

जेन–कुनै समय भारतको सबैमन्दा धेरै बिक्री हुने कारको रुपमा रहेको थियो मारुतीको ह्याचब्याक जेन । जेन कार थ्री स्पीड अटोमेटिक ट्रान्समिसन सहित ९ सय ९३ सीसी इन्जिन, ४ सिलिन्टर पेट्रोल इन्जिनमा उपलब्ध थियो । २००३ मोडलको जेन कार करिब ७० हजार भारुमै खरिद गर्न पाइन्छ ।टोयोटा कोरोला–कुनै समयको निक्कै चर्चित कार टोयोटा कोरोला कार धेरैको सपना कारको रुपमा रहेको थियो । टोयोटा कोरोला कारमा १.८ लिटर भीभीटी–आइ इन्जिन रहेको छ । यो कार निक्कै विश्वसनिय कारको रुपमा समेत रहेको थियो भारतीय बजारमा । २००४ मोडलको टोयोटा कोरोला अटोमेटिक ९० हजार भारुमा पाइन्छ ।

मारुती ८००–मारुती ८०० भारतको सबैभन्दा पुरानो ह्याचब्याक मध्येमा पर्छ । यो कार भारतीय बजारमा करिब २ दशकदेखि उपलब्ध रहेको छ । मारुती ८०० को सबैभन्दा ठूलो बिषेशता यो कारको विश्वसनियता हो । यो कारको मर्मत गर्ने स्पेयर पार्टस निक्कै सस्तो पर्छ ।मारुती ८००- सबैको कारको रुपमा भारतीय बजारमा स्थापित भयो र आज पनि यो कारको रिसेल भ्यालु अन्य कारको तुलनामा राम्रो रहेको छ । अहिले मारुती ८०० भारतीय बजारमा ५० हजारदेखि ६० हजार भारुसम्ममा पाइन्छ ।

हुन्डाइ सेन्ट्रो–कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले भारतमा ल्याएको पहिलो कार सेन्ट्रो हो । सेन्ट्रो कार अहिले पनि सवारी सिक्नेका लागि सबैभन्दा उपयोगी कारको रुपमा रहेको छ । यो कार चलाउन निक्कै सजिलो रहेको छ । २००६ मोडलको सेन्ट्रो कार भारतीय बजारमा ७० हजार भारुमा पाइन्छ ।

टाटा इन्डिका–भारतीय सवारी उत्पादक कम्पनी टाटाको पहिलो ह्याचब्याक कार हो इन्डिका । टाटाले ह्याचब्याक कारमा पनि धेरै स्पेस हुन्छ भन्ने कुरा इन्डिकाको सार्वजनिक संगै स्थापित गर्यो । उक्त समयमा इन्डिका अन्य कारको तुलनामा सस्तो पनि थियो । यो कार ट्याक्सीमा पनि धेरै प्रयोग भएको थियो । From sajhapage