तरलता समस्या ः एक हप्तामा एक अर्ब निक्षेप उठाउँदा ५ अर्ब लगानी

काठमाडौं–वाणिज्य बैंकहरुले एक सातामा एक अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत १२ गतेसम्म बैंकहरुको निक्षेप २२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो साता यस्तो रकम २२ खर्ब ३५ अर्ब रुपैयाँ थियो । निक्षेपमा ०.९ प्रतिशतले बृद्धि भएको हो । यसमा स्थानीय मुद्रा २१ खर्ब ५७ अर्ब र विदेशी मुद्रा ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

यता ऋण लगानी भने ०.२५ प्रतिशतले बृद्धि भएको छ ।

१ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दा ऋण लगानी ५ अर्ब रुपैयाँले बढेर १९ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । गत हप्ता १९ खर्ब ६४ अर्ब रुपैयाँ ऋण लगानी भएको थियो ।

अघिल्लो हप्ता १६ अर्बले निक्षेपमा बृद्धि हुँदा बैंकहरुले २ अर्ब रुपैयाँ लगानी गरेका थिए ।