जवान छोरालाई आफैले मृत घोषणा गर्दा आफुलाई कसरी सम्हाले होला मैले [भिडियो हेर्नुहोस ]

गएको शुक्रबार डाक्टर अब्दुल गनीलाई दिउँसो सवा ४ बजेतिर अस्पताल फर्कनको लागि फोन आयो । भारत प्रशासित काश्मिरको पुलवाको राजपुरा अस्पतालमा पाँच जना घाइते भर्ना भएका थिए । उपचारको क्रममा घाइते एक युवाको ज्यान गयो । तिनै युवालाई मृत घोषणा गर्न डाक्टर गनीलाई अस्पताल बोलाइएको थियो । उनी अस्पताल पुगे र ति युवालाई मृत घोषणा गर्न शव भएतिर गए ।

तर शव देखेपछि उनको दिमागले काम गरेन । किनभने ति युवा अरु कोही थिएनन् । डाक्टर गनीमा आफ्नै छोरा थिए । १५ वर्षका फैजानलाई, पुलवामा भारतीय सेना र चरमपन्थीको बीचमा भएको मुडभेडमा गोली लागेको थियो । भिडियो हेर्नुहोस