यही हो नेपालको स्वर्ग जहाँ पुगेपछी पर्यटक छाती पिटेर रुने गर्दछन् ! (मर्नु अघी घुम्नै पर्ने ठाउ)

यही हो नेपालको स्वर्ग जहाँ पुगेपछी पर्यटक छाती पिटेर रुने गर्दछन् ! (मर्नु अघी घुम्नै पर्ने ठाउ)

काठमाडौँ : कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ।

जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्।

मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोत को धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो।

मर्न अघी नै जाने होईन त घुम्न मनाङ हेर्नुहोस्  भिडियो सामाग्री :

पर्यटन क्षेत्रको विकास गरे नेपाल गरिब मुलुक नहुने : उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुुलुकलाई सम्वृद्ध बनाउने हो भने पर्यटन व्यवसायको विकास गर्नुपर्ने बताएका छन् ।

संघीय पर्यटन मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको व्यवसायिक विकास गर्न सके नेपाल गरिब मुलुक नरहने बताएका हुन् ।

योजना, व्यवस्थापन र राजनीतिक चिन्तनको अभावका कारण मुलुकले विकास र सम्वृद्धिको बाटो लिन नसकेको भन्दै उनले कमिशन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता औल्याए ।

उनले शासन सत्तामा एउटै वर्गको बर्चश्व भएका कारण मुलुक पछाडि धकेलिएको दाबी गरे । उनले समानता, सामाजिक न्याय र विविधतामा एकतामा आधारित समाजको निर्माण गर्न सक्ने हो भने नेपाल संसारकै नमूना देश बन्न सक्ने ठोकुवा गरे ।

संघीय पर्यटन मञ्च उपप्रधानमन्त्री यादव नेतृत्वको संघिय समाजवादी फोरम सम्बद्ध भात्तृ संगठन हो ।