छाउगोठकी कमला भन्छिन् : अरुको भन्दा मान्छेकै धेरै डर हुन्छ

छाउगोठमा बसेर गृहकार्य गर्दै छामको मंगलसेन नगरपालिका-१० लगाडाकी कमला टमाटा । तस्बिर : उमा विष्ट

अछाम : अछामको मंगलसेन नगरपालिका-१० लुगाडाकी कमला टमाटा छाउगोठमा होमवर्क गर्दै । १७ वर्षीया उनले केही महिनाअघि बिहे गरेकी हुन् । कक्षा ८ मा पढ्ने उनले विद्यालय जान भने छाडेकी छैनन् । माइतमा पनि महिनावारी हुँदा यस्तै गोठमा बस्थिन् ।

यहाँका महिलाले महिनावारीमा बस्न घरबाहिर सामान्य गोठ बनाइएको हुन्छ । त्यो प्रायः गाई–गोठसँगै हुन्छ । ओसिलो र अँध्यारो हुन्छ ।

सुत्दा नजिकै दाउरा बालेर न्यानो र उज्यालो बनाउनुपर्छ । पराल वा छ्वालीमाथि पातलो तन्ना ओछ्याएर सुत्छन् । वन्यजन्तु र सर्पको डर हुन्छ । कमला भन्छिन्, ‘त्यसभन्दा बढ्ता मान्छेको डर हुन्छ ।’