निर्दोश हुँदा हुँदै १३ बर्ष जेल सजाय भयो मलाई । बल्ल आज निर्दोश छ भनेर खाली हात घर जा भन्छ कानुन [भिडियो हेर्नुहोस ]

गोंगबुस्थित अस्थाई प्रहरीचौकीमा कार्यरत प्रहरी जवान मदननारायण श्रेष्ठ एकाबिहानै ड्युटी जाने तर्खरमा थिए । वडा प्रहरी कार्यालय महाराजगञ्जबाट उनी गोंगबु सरुवा भएको एक हप्ता पनि बितेको थिएन ।हतार-हतार जुत्ता पालिस गरेर युनिर्फम मिलाइरहेका बेला बिहान करिब १० बजेतिर उपत्यका अपराध अनुसन्धान शाखा, हनुमानढोकाबाट एउटा टोली प्रहरी जवान श्रेष्ठको घरमा पुग्यो र उनलाई नियन्त्रणमा लियो ।श्रेष्ठले केही मेसो पाएनन् । उनलाई त्यहाँ बोल्न पनि दिइएन । ‘गोगंबुबाट हनुमानढोकाको अँध्यारो कोठामा पुर्‍याइसक्दा पनि मैले केही बुझ्नै सकेको थिइनँ,’ श्रेष्ठ भन्छन्, ‘तर आफूले कुनै गल्ती नगरेकाले ढुक्क थिएँ ।’

त्यो ०६० कात्तिक १० गते बिहानको घटना थियो । त्यसको दुई दिनअघि कात्तिक ८ गते गोंगबुमै रहेको न्यू पर्वत लेसपार गेष्टहाउसमा जबरजस्ती करणीपछि हत्या भएको घटनाको विषयमा सोधपुछ गर्न आफूलाई त्यहाँ ल्याइएको थाहा पाएपछि प्रहरी जवान श्रेष्ठ स्तब्ध बने ।जब कि घटना भएको राति १० बजेदेखि बिहान ३ बजेसम्म श्रेष्ठ ड्युटीमै थिए । उनी त्यतिबेला ड्युटीमा रहेको देख्ने दुईजनाले अदालतमा बकपत्र गरेका छन् । ‘मेरो ड्युटी दुई बजेसम्म भए पनि त्यस दिन साथी ढीलो उठेकाले तीन बजेसम्म ड्युटीमै बस्नुपरेको थियो,’ श्रेष्ठ सम्झन्छन् । भिडियो हेर्नुहोस