मैले खान लाउन दिन सकिन भन्दै आफ्नै आमाले ६ बर्सिय छोरालाइ खोलामा धकेली [भिडियो हेर्नुहोस ]

मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जी आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्किन्।रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ। अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ। तर मन भित्र पाप चिताएकी उनले नाबालक छोरालाई पुलको बाटो प्रयोग नगरिकन खोलाबाटै लिएर गइन्। अबोध बालकलाई के थाहा आफैलाई जन्म दिने आमाले निर्दयी निर्णय गरेको कुरा !

खोला तरिसकेपछि उनले छोरा रेशमलाई बाढी आउँदै गरेको सानो चिसाङ खोलामै धकेलिदिइन्। बालकलाई खोलाले बगायो। त्यसपछि माइत पुगेर छोरालाई तर्ने क्रममा खोलाले बगाएको सुनाइन्। नाबालकको खोजीमा निस्किएका माइती पक्षले शंका गरेर केरकार गरे। अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन्। भिडियो हेर्नुहोस