बाटोमा भेटिने यी ७ कुरा देखी सधै तर्किएर हिड्नुहोस, झुकिएर टिप्नु भएमा ज्यान पनि जान सक्छ

बाटोमा भेटिने यी ७ कुरा देखी सधै तर्किएर हिड्नुहोस, झुकिएर टिप्नु भएमा ज्यान पनि जान सक्छ

तँपाई कतै च्याट मा कुराकानी गर्दै हुनुहुन्छ ख्याल गरौं यस्तो नहोस

आज हामी एक बिशेष प्रशंग मा कुरा गर्दै छौ । इन्टरनेट को प्रयोग संगै थुप्रै कुरा हरु को विकास् भयो तर मानिस हरु को सोच मा उही कुरा छ अझै उही आचरण ले छोडेको छैन । हामी सम्झने गर्दछौ कि सबै जना हामि जस्तै सोझो अनि इमान्दार हुन्छन तर वास्तव मा संसार यस्तो छैन । सबै को कुरा को सहजता संगै थुप्रै प्रतिकुलता पनि जन्मिसकेको छ । यो त भयो केहि जीवनशैली को बारेमा अब लागु हामी हाम्रै प्रशंग तिर ।

च्याट अर्थात् अनलाईन मा कुराकानी हुने मध्यम चाहे त्यो अक्षर च्याट होस् या अडियो वा भिडियो च्याट नै किन नहोस । च्याट गर्ने बनि सबै को छ अहिले झन् झन् आज भोलि त भिडियो च्याट ले गर्दा मानिस हरु आफु लाई निकै माथि पुगेको र नजिक भएको महसुस गर्दछन । के तपाई ले कहिले सोच्नु भएको छ यसपछि को कुरा ।

तपाई को च्याट को संग अर्थात् कस्तो प्रकार को व्यक्ति संग भएको छ भन्ने कुरा को ख्याल राख्नुहोस । आज भोलि अनलाईन मार्फत थुप्रै घटना हरु घटिरहेका छन् । खास गरि कुनै कुनै व्यक्ति हरु ले तपाई को व्यक्तिगत कमजोरी लाई नै आधार बनाई तपाईको दुरुपयोग गरिरहेको हुन्छ ।

च्याट गर्दा गर्न नहुने कुरा हरु

१. नचिनेको मान्छे लाई सबै विवरण नदिनु : च्याट गर्दा तपाई संग को कुरा गर्दै छ र कस्तो प्रकार को मान्छे बोल्दै छ त्यो हेक्का हुन आवश्यक छ किन भने एकछिन को कुराकानी त हो भन्ने सोच्नु भएको छ भने यो तपाई गलत हुन सक्नु हुन्छ । सबै मान्छे तपाई संग कुरा गर्न पाउन्दास खुसि भएको हुदैन र तपाई को हालखबर सोध्न लाई मात्र तपाई संग कुरा गरि रहेको हुदैन । हरेक कुरा को पछाडी एक न एक कारण अनि स्वार्थ लुकेको हुन्छ यो कुरा लाई सधै मध्यनजर गर्नुहोस् तर ध्यान राख्नु होस् कि तपाई को आफ्नै परिवार भित्र भने यो कुरा को लागु नहुन सक्छ ।

२. भिडियो च्याट नगर्नुहोस : भिडियो च्याट नगर्नुहोस सके सम्म किन कि भिडियो च्याट ले तपाई लै अर्को मानिस कहा दुरुस्तै देखाउने हुदा यदि गलत मनसाय भएको व्यक्ति छ भने त्यसलाई तपाई को बारेमा जान्ने अवसर मिल्दछ र गलत फाइदा उठाउन सक्दछ । सके सम्म तपाई को भिडियो च्याट नितान्त व्यक्तिगत होस् ।

३. आफ्नो ठाउ को बारेमा कसैलाई नभन्नुहोस : तपाई को सहि ठाउ को बारेमा खुलासा नगर्नुहोस किन कि तपाई ले अनलाईन मा चिनेको भर मा तपाईले तुरुन्तै बिश्वास गर्नु हुदै छ भने त्यो गलत हो । हुन त सबै मान्छे गलत हुन्छन भन्ने पनि छैन तर हामी गलत मानिस हरु बाट सधै जोगिन कोसिस गर्नु पर्छ ।

४. आफ्नो पारिवारिक विवरण नदिनुहोस : अनलाईन बाट चिनेका हरु संग आफ्नो विवरण त दिनु भयो भयो अरु को अर्थात् आफ्न परिवार का सदस्य को बारेमा कुनै जानकारी नदिनुहोस किन भने तपाई को परिवार प्रति पनि गलत मानिस को नजर हुन सक्दछ ।

अब लागौ च्याट का बेफाइदा हरु तिर

हामीलाई थाहा छ कि च्याट का फाइदा हरु का बारेमा तर च्याट का बेफाइदा हरु को बारेमा पनि केहि जान्नु आवश्यक छ ।

१. च्याट ले तपाई लाई दिक्ष्ण होइन ढिलो गराउछ : च्याट गर्दा धेरै समय खर्च हुने हुदा र हरेक शब्द शब्द मा अल्झिएर बुझ्नु पर्ने हुदा च्याट ले तपाई को समय नस्ट त गर्छ गर्छ तर त्यसले तपाई लाई रियल लाइफ को जस्तो आनन्द अनि सकुसल बनाउदैन ।

२. अध्यन तथा काममा बाधा : च्याट गर्ने बानीले तपाई को दैनिक जीवन मा प्रभाव पार्दछ । अर्थात् तपाई को दैनिकी तपाइले भने अनुसार चलाउन सक्नु हुन्न किनकि च्याट ले तपाई लाई उता ध्यान तानिरहेको हुन्छ । सधै अध्ययन अध्यापन गर्ने व्यक्ति को सुची मा तपाई पर्नु हुन्छ भने त झनै ख्याल राख्नुहोस किन भने तपाई लाई च्याट को लत ले तपाई को कम मा निकै नै घाटा दिलाउछ ।

३. स्वास्थ्य मा समस्या : च्याट को निरन्तर प्रयोग ले तपाई लाई स्वास्थ्य मा समस्या निम्त्याउछ किन भने च्याट गर्दा गहन भएर गहिरियर हेर्नु पर्ने हुन्छ आँखा लाई बिशेष असर पर्दछ | एकोहोरो पन अनि एकोहोरो ध्यान ले तपाई को आँखा लाई क्षति अनि दिमाख लाई असर हुन्छ ।

यो त भयो हाम्रो धारणा कृपया तपाई लाई पनि लाग्दछ कि च्याट गर्दा के के फाइदा वा के के कुरा मा बेफाइदा हुन्छ , हामी लाई प्रतिक्रिया अर्थात् कमेन्ट गर्नुहोस्